भरतपुर- भरतपुर महानगरपालिका–१५ रामपुरमा बस र एम्बुलेन्स ठोक्किँदा छ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चौबिसकोठीबाट शारदानगरतर्फ जाँदै गरेको ना६ख ९४५८ नम्बरको बसमा सोही दिशातर्फ बिरामी पुर्याउन जाँदै गरेको वाग्मती प्रदेश ०१–०२३च ९९९ नम्बरको एम्बुलेन्सले आइतबार दिउँसो ठक्कर दिएको थियो।
ठक्करबाट एम्बुलेन्समा सवार चालकसहित छ जना घाइते भएका हुन्। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ। दुईको मध्यम र तीनजनाको अवस्था सामान्य रहेको छ।
घाइतेको चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।