मंगलबार, असार ३०, २०८३

जलाइयो निर्वाचन सामग्री (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– निर्वाचन कार्यालय, ललितपुरले आइतबार स्थानीय तह, प्रतिनिधि र प्रदेश सभा निर्वाचनका कागजात आइतबार जलाएको छ । ललितपुरमा ६ वटा स्थानीय तह छन् । ललितपुर महानगरको निर्वाचनमा उजुरी परेकाले त्यसबाहेकका पाँच स्थानीय तहका सबै निर्वाचन सामग्री जलाइएको छ ।

यस्तै, प्रतिनिधि र प्रदेश सभा निर्वाचनका भने सबै सामग्री जलाइएको कार्यालयकी कर्मचारी सीता लिम्बुले जानकारी दिइन् । उनका अनुसार प्रयोग भएका र बाँकी रहेका मतपत्र, अर्धकट्टी तथा प्रयोग भएका मतदाता नामावलीहरू जलाइएको हो । लिम्बुले भनिन्, ‘मुद्दा पर्ने अवधि कटेपछि सर्वोच्च अदालतले मुद्दा परेको छैन भनेर प्रमाणित गरिदिएका कागजात जलाउने गरिएको छ ।  ती सामग्री भण्डारण गर्ने समस्या हुन्छ, त्यही भएर जलाउने गरिन्छ ।’ 

ललितपुरका स्थानीय तहका करिब दुई लाख तथा प्रतिनिधि र प्रदेश सभाका करिब पाँच लाख कागजात आइतबार जलाइएको छ ।






 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।