शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कांग्रेस प्रदेश अधिवेशन : बागमतीमा देउवा समूहका इन्द्र बानियाँ विजयी

कांग्रेस प्रदेश अधिवेशन : बागमतीमा देउवा समूहका इन्द्र बानियाँ विजयी

नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ विजयी भएका छन्। बागमती प्रदेशको आइतबार भएको दोस्रो चरणको निर्वाचनमा बानियाँले जगदीश नरसिंह केसीलाई पराजित गर्दै सभापतिमा विजयी भएका हुन्।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

काठमाडौं- नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ विजयी भएका छन्। बागमती प्रदेशको आइतबार भएको दोस्रो चरणको निर्वाचनमा बानियाँले जगदीश नरसिंह केसीलाई पराजित गर्दै सभापतिमा विजयी भएका हुन्। 

National life

बानियाँ सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार हुने भने केसी संस्थापन इतर समूहका उम्मेदवार हुन्। 

आइतबार अबेर सम्पन्न मतगणनामा बानियाँ १०८५ मतसहित विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी जगदिश्वर नरसिंह केसीले ९२७ मत प्राप्त गरे। कूल २०२५ मत खसेकोमा १५८ मतअन्तर सहित बानिया सभापतिमा निर्वाचित भएका हुन्।

बागमती प्रदेशको राजधानी हेटौँडामा  आइतबार साढे १ बजेबाट सुरु भएको मतदान साँझ साढे पाँच बजे सम्पन्न भएपछि आवश्यक प्रक्रिया पुरा गरेर ७ बजेदेखि मतगणना सुरु गरिएको थियो।

यसअघि शनिबार भएको मतदानमा तीन जनाबीच प्रतिस्पर्धा हुँदा कुनै उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी कटाउन नसकेपछि आइतबार पुनः मतदान भएको थियो। पहिला चरणमा देउवा पक्षका इन्द्र बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदीश्वर नरसिंह केसी र कृष्णप्रसाद सिटौला समूहबाट भीमसेन दास प्रधान प्रतिस्पर्धामा थिए। 

Laxmi sunrise bank
kumari

दोस्रो चरणमा सिटौला समूहका भिमसेन दासले देउवा समूहका बानियाँलाई सहयोग गरेका हुन्। 


प्रकाशित: Dec 05, 2021| 21:57 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।