बुधबार, भदौ ३, २०८३

जनकपुरधाममा धनुषयज्ञ सम्पन्न

त्रेता युगमा तत्कालीन मिथिलाका राजा राजर्षि जनकको प्रतिज्ञाअनुसार भएको धनुषयज्ञ भएको स्मरणमा प्रत्येक वर्ष विवाह उत्सव अन्तर्गत धनुषयज्ञको आयोजना गरिँदै आएको छ।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

जनकपुरधाम- सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आइतबार धनुषयज्ञ विधि सम्पन्न गरिएको छ। त्रेता युगमा तत्कालीन मिथिलाका राजा राजर्षि जनकको प्रतिज्ञाअनुसार भएको धनुषयज्ञ भएको स्मरणमा प्रत्येक वर्ष विवाह उत्सव अन्तर्गत धनुषयज्ञको आयोजना गरिँदै आएको छ।

धनुषयज्ञमा गुरु विश्वामित्रका साथमा अयोध्याका राजा दशरथका छोरा भगवान राम र लक्ष्मण सहभागी भएर भगवान रामले शिवको पिनाक धनुषमा ताँदो चढाउँदा तीन टुक्रा भएको पौराणिक आख्यान छ। त्यस पश्चात सीताको विवाह श्रीरामलाई स्वयंवर गरेको वाल्मीकि रामायणमा उल्लेख छ।

जानकी मन्दिरको परिसरमा धनुषयज्ञ विधि सम्पन्न गरिएको मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए। विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन र दोश्रो दिन फूलबारी लिला सम्पन्न भइसकेको छ।

चौथो दिन मंसिर २० गते तिल्कोत्सव, मंसिर २१ गते मटकोर रहेको छ भने मंसिर २२ गते विवाहपञ्चमीको मुख्यदिन विवाह उत्सवका कार्यक्रम हुने महन्थ वैष्णवले बताए। मंसिर २३ रामकलेवा गरी सप्ताहव्यापी  सीताराम विवाहपञ्चमी महोत्सव समापन हुनेछ।

त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन जनकपुरमा भव्य रुपमा विवाहोत्सवको आयोजना गरेर विवाहपञ्चमी महोत्सव मनाउने चलन रहेको छ।

प्रकाशित: Dec 05, 2021| 20:33 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।