बुधबार, भदौ ३, २०८३

३३ किलो सुनकाण्ड : रेड नोटिस जारी भएका अग्रवाल पक्राउ

३३ किलो सुन तस्करी प्रकरणमा चुणामणि उप्रेती समूहका कृष्णगोपाल अग्रवाल पक्राउ परेका छन्।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

काठमाडौं- ३३ किलो सुन तस्करी प्रकरणमा चुणामणि उप्रेती समूहका कृष्णगोपाल अग्रवाल पक्राउ परेका छन्। इन्टरपोलबाट रेड नोटिस जारी गरिएका झापा जिल्ला शिवगंज गाविस-१ का ५० वर्षीय अग्रवाललाई आइतबार प्रहरीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।

सन्जीव शाक्यको जाहेरीले गोरे भन्ने चुडामणि उप्रेती समेत भएको आपराधिक समूह स्थापना र संजाल गरी सुनको अवैध चोरी पैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा संलग्न भएको आरोप उनीमाथि लागेको छ। 

अग्रवाल दुबईबाट नेपाल आउँदैछन् भन्ने इन्टरपोलको सूचनाको आधारमा नेपाल प्रहरीको ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले अग्रवाललाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला अदालत मोरङबाट समेत वारेन्ट जारी भएका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा २०७५ साउन ८ गते अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो। 

अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङबाट सम्बन्धित अपराध कसूरमा कारबाही गर्ने/गराउने प्रयोजनार्थ हाल महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंमा राखिएको इन्टरपोल शाखाले जानकारी दिएको छ।

प्रकाशित: Dec 05, 2021| 19:14 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।