मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फुजेल हत्याकाण्डमा संलग्‍न छविलालले गरे आत्मसमर्पण

फुजेल हत्याकाण्डमा संलग्‍न छविलालले गरे आत्मसमर्पण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं –फुजेल हत्याकाण्डका अभियुक्त छविलाल पौडेल सर्वोच्च अदालतमा हाजिर भएका छन्। अदालतमा हाजिर हुनसाथ उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ।

उनलाई पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले पक्राउ गर्न निर्देशन दिएका थिए। तत्कालिन माओवादीका कार्यकर्ता पौडेल फरार सूचीमा थिए। तर सरकार र नेकपामा उनलाई पक्राउ गर्न दवाव परेपछि उनलाई पक्राउ गर्न प्रधानमन्त्रीले निर्देशन दिएका थिए। 

उनलाईए सर्वोच्चले ६ पुस २०७२ मा पुर्पक्षका लागि थुनामा राखेर कानुन बमोजिम गर्न आदेश दिएको थियो।लामो समयसम्म सर्वोच्चको फैसला कार्यान्वयन नभएपछि मृतक कृष्णप्रसादकी आमा गंगामाया अधिकारी १५ जेठदेखि वीर अःपतालमा आमरण अनशन बसेकी छन् । यसअघि अनशनकै क्रममा उनका श्रीमान नन्दप्रसादको निधन भएको थियो ।

६८ वर्षका पौडेल आइतबार आफैं सर्वोच्च अदालतमा उपिस्थत भएर थुनामा बसेर मुद्दा पुर्पक्ष गर्न पाउँ भनेर निवेदन दिएका छन् । लगत्तै उनलाई कारागार कार्यालय डिल्लीबजारमा थुनामा पठाइएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।