मंगलबार, वैशाख ९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • जितपछि बलायरले भने- लोकतन्त्र बलियो बनाउन भएको प्रतिस्पर्धालाई गुटको नाम दिनु हुँदैन

जितपछि बलायरले भने- लोकतन्त्र बलियो बनाउन भएको प्रतिस्पर्धालाई गुटको नाम दिनु हुँदैन

नेपाली कांग्रेसको सुदूरपश्‍चिम सभापतिमा निर्वाचित भएका पूर्वमन्त्री वीरबहादुर बलायरले कांग्रेसमा लोकतान्त्रिक अभ्यासका लागि भएको प्रतिस्पर्धालाई गुट-उपगुटको नाम दिन नहुने बताएका छन्।
 |  आइतबार, मंसिर १९, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसको सुदूरपश्‍चिम सभापतिमा निर्वाचित भएका पूर्वमन्त्री वीरबहादुर बलायरले कांग्रेसमा लोकतान्त्रिक अभ्यासका लागि भएको प्रतिस्पर्धालाई गुट-उपगुटको नाम दिन नहुने बताएका छन्। 

triton college

प्रदेश निर्वाचन अन्तर्गत शनिबार भएको मतदानको अन्तिम मतपरिणाम सार्वजनिक भएपछि विजयी भएका बलायरले कांग्रेसमा गुट-उपगुटहरु अब नरहने बताएका हुन्। 

उनले भने, 'कांग्रेसले लोकतान्त्रिक अभ्यासका लागि आन्तरिक प्रतिस्पर्धा गरेको हो। कम्युनिस्टजस्तो टीका लगाएर एउटैलाई देवत्करण गर्ने परम्परालाई कांग्रेसले अघि बढाउँदैन। आन्तरिक प्रतिस्पर्धालाई स्वागत गर्दै लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने अभियानमा हामी छौं। त्यस प्रतिस्पर्धालाई गुटको नाम दिनु हुँदैन।'

उनले व्यक्तिगत विमतीका कारण कांग्रेसलाई समस्यामा पार्न खोज्‍ने व्यक्ति कांग्रेस हुन नसक्ने पनि उनले बताएका छन्। उनले थपे,'व्यक्तिगत विमति र लाभ-हानीलाई केन्द्रमा राखेर पार्टीलाई धोका दिने व्यक्ति कांग्रेस हुन सक्दैन। त्यो कांग्रेसको चरित्र पनि होइन।'

उनले अब सम्पूर्ण कांग्रेस कम्युनिस्ट चरित्रविरुद्ध एकतृत हुने र आगामी निर्वाचनमा मुलुकको ठूलो दल हुनेसमेत दाबी गरेका छन्। उनले भने, 'अब कांग्रेसको हरेक कार्यकर्ताले आगामी निर्वाचनलाई केन्द्रमा राखेर तयारी गर्नुपर्दछ। जनताले पनि मुलुकको विकास, लोकतन्त्रको सुदृढिकरण र संविधानको रक्षा गर्ने पार्टी कांग्रेस नै हो भन्‍ने बुझ्‍नुपर्दछ।' 

National life insurance

प्रकाशित: Dec 05, 2021| 15:06 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।