बुधबार, भदौ ३, २०८३

बढ्यो काठमाडौंको न्यूनतम तापक्रम

केही दिन यता निरन्तर ओरालो लागिरहेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज भने बढेको छ।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

काठमाडौं- केही दिन यता निरन्तर ओरालो लागिरहेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज भने बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ६ बजे मापन गरिए अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ४ डिग्री सेल्सियस रहेको छ।

महाशाखाले आज काठमाडौंमा अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।

काठमाडौंसहित आसपासका क्षेत्रमा दिउँसो घाम लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज घाम लागे पनि भोलि भने काठमाडौं उपत्यकासहित वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना छ।

प्रकाशित: Dec 05, 2021| 09:32 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।