बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा भोली वर्षाको सम्भावना, कस्तो रहला आज देशभरको मौसम?

काठमाडौंमा भोली वर्षाको सम्भावना, कस्तो रहला आज देशभरको मौसम?

हाल बंगालको खाडीमा रहेको चक्रवात जवाद कमजोर भई निम्न चापिय प्रणालीको रूपमा रहेको छ साथै नेपालको पूर्वी भूभागमा यस प्रणालीको आंशिक प्रभाव रहेको छ।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

काठमाडौं- हाल बंगालको खाडीमा रहेको चक्रवात जवाद कमजोर भई निम्न चापिय प्रणालीको रूपमा रहेको छ साथै नेपालको पूर्वी भूभागमा यस प्रणालीको  आंशिक प्रभाव रहेको छ।

जस कारण हाल देशको प्रदेश नम्बर १ तथा अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।  

आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम  पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण आज कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपातको सम्भावना छ। अन्य क्षेत्रमा भने आज मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ ।

काठमाडौंसहित आसपासका क्षेत्रमा दिउँसो घाम लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज घाम लागे पनि भोलि भने काठमाडौं उपत्यकासहित वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना छ।1

आज राति पश्चिमी क्षेत्रबाट पश्चिमी वायु बिस्तारै पूर्वतर्फ सर्ने पूर्वानुमान गरिएको छ। 

प्रकाशित: Dec 05, 2021| 08:20 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।