मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'संस्कृत मास्‍न कम्युनिस्ट सरकारले उपकुलपतिलाई ग्यारेजमा थुन्‍यो'

'संस्कृत मास्‍न कम्युनिस्ट सरकारले उपकुलपतिलाई ग्यारेजमा थुन्‍यो'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल संस्कृत विश्वविद्यालयका उपकुलुपति प्रा.डा. कुलप्रसाद कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा संस्कृत, संस्कृति र संस्कार मास्नको लागि आफूलाई प्रधानमन्त्री निवास वालुवाटारको ग्यारेजमा थुनिएको बताएका छन्।
 
क्यानडाको भ्यान्कुबरमा सोमबारदेखि शुक्रबारसम्म आयोजना हुने १७ औं विश्व संस्कृत भाषा सम्मेलनमा भाग लिन जान लागेका उपकुलपति डा. कोइरालालाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री निवास बालुवाटार पुर्‍याएको थियो । 

'प्रधानमन्त्री तथा नेपाल संस्कृत विश्वविद्यालयका कूलपति ओलीले तपाईंलाई भेट्न चाहनुभएको छ। यहाँ बस्‍नुस् भनेर मलाई एक घण्टा ग्यारेजमा राखियो,' कूलपति कोइरालाले नेपाल समयसँग भने, 'प्रधानमन्त्री निवासकै सुरक्षाकर्मीले एक घण्टापछि कूलपति (ओली)ज्यूले समय अभावले तपाईँसँग भेट्न सक्नुभएन, तपाईं जान सक्नुहुन्छ भनेर छोडे। संस्कृत मास्न एक घण्टा उपकुलपतिलाई  ग्यारेजमा थुनियो। 

शनिबार साँझ सम्मेलनमा भाग लिन ६ सदस्यीय टोलीको नेतृत्व गर्दै क्यानडा जान लागेका कोइरालाले प्रधानमन्त्री ओलीको हर्कत सर्वसत्तावाद लाद्ने र हामी कम्युनिस्ट हौं, अब संस्कार र संस्कृति मान्दैनौं भन्ने उद्देश्यले भएको आरोप लगाए।

'शिक्षक मुक्तिनाथ अधिकारीराई खाँवामा बाधेर हत्या गर्ने र झापामा खाना खाँदै गरेको मान्छेको घाँटी छिनाउनेहरू सत्तामा गएकाले यस्तो भएको हो,' कोइरालाले भने, 'आफू लोकतन्त्रवादी भएकाले प्रधानमन्त्रीले यस्तो आक्रमण गर्नु भएको हो ।' एक सय आठभन्दा बढी देशका प्रतिनिधि सहभागी हुने विश्व संस्कृत सम्मेलन सन् २०२४ मा नेपालले आयोजना गर्ने कार्यसूची रहेको कोइरालाले बताए। १८ औं सम्मेलन अस्ट्रेलियाले गर्ने इच्छा देखाएको उनले जानकारी दिए । 

कोइरालाले ओली सरकारको अधिनायकवाद सामुन्ने नझुक्ने र डटेर लड्ने बताए । उनले भने, 'पहिले राजासँग त लडियो । अब ओलीहरूसँग डराइँदैन ।' 

जहाज उडिसकेपछि प्रधानमन्त्रीको निवासमा नियन्त्रणबाट छोडिएकाले आफू जान नपाएको र अन्य साथीहरू भने गएको उपकूलपति कोइरालाले बताए।

सम्मेलनमा नेपाल संस्कृत विश्वविद्यालयलका प्राध्यापक यदुनाथ न्यौपाने, वाल्मिकी विद्यापिठका क्याम्पस प्रमुख गणेश घिमिरे, सोही क्याम्पसका सहप्राध्यापक डा. लेखप्रसाद निरौला, सह प्राध्यापक डा.नवराज कट्टेल, उपप्राध्यापक डा. प्रेमराज न्यौपाने, उपप्राध्यापक केशव कोइराला भने भाग लिन त्यसतर्फ गएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।