शुक्रबार, कात्तिक २८, २०८२

अनुगमन संयन्त्रलाई एकीकृत गरिँदै

काठमाडौं महानगरपालिकाले अनुगमनलाई थप व्यवस्थित गर्न अनुगमन संयन्त्रलाई एकीकृत गर्ने भएको छ।
 |  शनिबार, मंसिर १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १८, २०७८

काठमाडौं- काठमाडौं महानगरपालिकाले अनुगमनलाई थप व्यवस्थित गर्न अनुगमन संयन्त्रलाई एकीकृत गर्ने भएको छ।

National life

अनुगमनमा एकीकृत गरिने विभिन्न क्षेत्र दैनिक प्रयोग हुने खाद्यान्न, तरकारीलगायत उपभोग्य वस्तुको भण्डारण, मूल्य र बजार, महानगरमा दर्ता हुने उजुरी तथा दर्तासँग सम्बन्धित विषय, फैसला कार्यान्वयनको अवस्था, जनजीवनलाई सहज बनाउन हेर्नुपर्ने विषय, सार्वजनिक सम्पत्तिको स्थानान्तरण रहेका छन्।

 त्यसैगरी संरक्षण र उपयोग, निर्माणकार्य, आफैँले बनाएको कानुन कार्यान्वयनको अवस्था, ऐनले दिएका जिम्मेवारी उपयोगको अवस्थालाई एकीकृत गरी अनुगमनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लागिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए। 

उनका अनुसार आउने दिनहरूमा अनुगमनबाट देखिएको अवस्थालाई सफ्टवेयरमार्फत सम्बन्धित अधिकारीकामा जानकारी दिने, तुलना गर्ने, सुधार हेर्ने प्रणाली आवश्यक भएको एकीकृत संयन्त्र आवश्यक भएको हो।

महानगरपालिकाले विगत साढे चार वर्षको अवधिमा ६५ कानुन तर्जुमा गरेको जानकारी दिँदै प्रवक्ता डङ्गोलले यीमध्ये अनुगमनसम्बन्धी ‘काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७’ जारी भएको बताए।

Laxmi sunrise bank
kumari

स्थानीय वस्तु तथा सेवा स्वच्छ बजारका लागि जारी गरिएका उक्त ऐनमा महानगर आफैँले निरीक्षण अधिकृत तोकेर अनुगमनका माध्यमबाट अनुचित व्यापारिक क्रियाकलाप रोक्ने व्यवस्था गरेको छ। 

अब निर्माण हुने एकीकृत प्रणालीबाट विगतमा हुने गरेका असमन्वय हटेर जाने तथा कामको प्रगतिको एकात्मक प्रणालीबाट अभिलेखीकरण हुने विश्वास महानगरपालिकाको छ।

प्रकाशित: Dec 04, 2021| 21:25 शनिबार, मंसिर १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।