मंगलबार, असार ३०, २०८३

गैँडाका लागि चिकित्सक–प्राविधिक पनि चिन जाने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
चितवन- नेपालले चीन सरकारलाई उपहारस्वरुप पठाउन लागेको पहिलो जोडी गैँडाका लागि चिकित्सक, प्राविधिक पनि पठाइने भएको छ ।
 
यही असार २८ गते ‘भद्र’ र ‘रुपसी’लाई चीन पठाइँदै छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार निकुञ्जका वरिष्ठ चिकित्सक डा कमल गैरेको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका एक प्राविधिक र तीन सहयोगीसहित गैँडा पठाउन लागिएको हो । 

गैँडा नियन्त्रणदेखि हाल सौराहामा राखिएको समयमा सँगै रहेर काम गरेका चिकित्सक, प्राविधिक र सहयोगी चीनसम्म नै जाँदा गैँडाको रेखदेख राम्रो हुने भएकोे छ । गैँडा लिनका लागि चीनको चेमलङ सफारी पार्कबाट चिकित्सक र प्राविधिक टोली यसअघि नै यहाँ आइसकेको छ । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।