शनिबार, मंसिर १३, २०८२

कांग्रेस प्रदेश अधिवेशन : गण्डकीमा सुरु भयो मतगणना

नेपाली कांग्रेसको गण्डकी प्रदेशमा बहिबार भएको मतदानको मतगणना सुरु भएको छ। शनिबार बिहान १० बजेदेखि सुरु भएको मतदान सकिएको केही समयमा नै मतगणना सुरु गरिएको हो।
 |  शनिबार, मंसिर १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १८, २०७८

पोखरा- नेपाली कांग्रेसको गण्डकी प्रदेशमा बहिबार भएको मतदानको मतगणना सुरु भएको छ। शनिबार बिहान १० बजेदेखि सुरु भएको मतदान सकिएको केही समयमा नै मतगणना सुरु गरिएको हो। 

National life

अधिवेशनमा एक हजार १६५ प्रतिनिधि मतदाता रहेकोमा एक हजार १ सय ४६ मत खसेको थियो। प्रदेश सभापति पदका लागि अर्जुनप्रसाद जोशी र शुक्रराज शर्मा उम्मेदवार छन्। जोशीले संस्थापन र शर्माले संस्थापनइतर समूहबाट उम्मेदवारी दिएका हुन् ।

२ उपसभापतिमा मेखलाल श्रेष्ठ, नेत्रबहादुर महत, हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारीको उम्मेदवारी छ। श्रेष्ठ प्रदेश सरकारका सामाजिक विकास मन्त्री हुन्। उपसभापति २ जना हुने कांग्रेस विधानको व्यवस्था छ। महत म्याग्दीका हुन् भने हरिप्रसाद श्रेष्ठ बागलुङका। तिवारी वालिङ नगरपालिकाकी उपमेयर हुन्।

प्रदेशको भौतिक मन्त्रीसमेत रहेका कुमार खड्काले महामन्त्रीमा उम्मेदवारी दिएका छन्। दुई जना महामन्त्रीका लागि चार जनाको उम्मेदवारी परेको हो। विष्णुप्रसाद लामिछाने, ईश्वर पाण्डे र किरणबाबु श्रेष्ठ पनि महामन्त्रीका उम्मेदवार छन्।

प्यानमा उम्मेदवारी दिएका पदाधिकारीहरु

Laxmi sunrise bank
kumari

देउवा समूह

सभापति : अर्जुन जोशी

उपसभापति: मेखलाल श्रेष्ठ

उपसभापति: नेत्रबहादुर महत

महामन्त्री: कुमार खड्का

महामन्त्री: ईश्वर पाण्डे

सहमहामन्त्री: ओमकला गौतम

सहमहामन्त्री: झुलबहादुर आले

सहमहामन्त्री: राजनराज पन्त 

पौडेल समूह

सभापति: शुक्रराज शर्मा

उपसभापति: हरिप्रसाद श्रेष्ठ

उपसभापति: कल्पना तिवारी

महामन्त्री : विष्णुप्रसाद लामिछाने

महामन्त्री : किरणबाबु श्रेष्ठ

सहमहामन्त्री: कोपिला रानाभाट

सहमहामन्त्री: रामचन्द्र जोशी

सहमहामन्त्री: रमेश पाण्डे


प्रकाशित: Dec 04, 2021| 18:48 शनिबार, मंसिर १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।