सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • युवक कुट्ने वडाध्यक्ष पक्राउ परेपछि प्रदर्शनमा उत्रिए स्थानीय

युवक कुट्ने वडाध्यक्ष पक्राउ परेपछि प्रदर्शनमा उत्रिए स्थानीय

जाजरकोटको चुनिचाँदे गाउँपालिका वडा नं. २ का वडाध्यक्ष रामबहादुर नेपालीलाई पक्राउ गरिएकोमा स्थानीयले विरोध जनाएका छन्।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

सुर्खेत– जाजरकोटको चुनिचाँदे गाउँपालिका वडा नं. २ का वडाध्यक्ष रामबहादुर नेपालीलाई पक्राउ गरिएकोमा स्थानीयले विरोध जनाएका छन्। स्थानीयले वडाध्यक्ष रिहाइको माग गर्दै विरोध प्रदर्शन गरेका छन्।

स्थानीय १८ वर्षे युवक सर्पे दमाईंलाई कुटपिट गरेको भिडियो बाहिरिएपछि वडाध्यक्षलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो। वडाध्यक्षलाई सोधपुछका लागि भन्दै प्रहरीले जिल्ला सदरमुकाम खलंगा लगेको छ। 

यसको विरोधमा आज बिहीबार वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा स्थानीयले प्रदर्शन गरेका हुन्। वडाध्यक्ष रिहा नभए भोलि शुक्रबारदेखि सदरमुकाममै पुगेर विरोध प्रदर्शन गर्ने तयारी उनीहरुले गरेका छन्।


प्रकाशित: Aug 05, 2021| 16:56 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।