बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हनुमानघाटस्थित खोह्र दीप ध्वाखा र छिपा ताँको निर्माण सम्पन्न

हनुमानघाटस्थित खोह्र दीप ध्वाखा र छिपा ताँको निर्माण सम्पन्न

स्थानीय नगरबासी आर्थिक सहयोग तथा श्रम योगदानमा नगरपालिकाले खोह्र दीप ध्वाखा र छिपा ताँ निर्माण गरेको हो।
 |  शनिबार, मंसिर १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १८, २०७८

काठमाडौं- भक्तपुर नगरपालिकाले हनुमानघाटस्थित खोह्र दीप ध्वाखा र छिपा ताँको निर्माण गरेको छ। स्थानीय नगरबासी आर्थिक सहयोग तथा श्रम योगदानमा नगरपालिकाले खोह्र दीप ध्वाखा र छिपा ताँ निर्माण गरेको हो। 

पालिकाले बिहीबार खोह्र दीप ध्वाखा र छिपा ताँको उद्घाटन गरेको छ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले मौलिक शैली एवं परम्परागत शैलीको खोह्र दीप ध्वाखा र छिपा ताँ उद्घाटन गरेका हुन्।

कार्यक्रममा अध्यक्ष बिजुक्छेँले जनताको सहयोगमा निर्मित खोह्र दीप ध्वाखा मौलिक, कलात्मक र निकै आकर्षक भएको बताए। उनले सम्पदा संरक्षणमा भक्तपुरका जनताहरुको अपनत्व र समर्पणभावको प्रशंसा गरेका छन्।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपभोक्ता समितिमार्फत गरिने विकास निर्माणको भौतिक संरचना बलियो हुने र स्थानीयको अपनत्व रहने बताए। खोह्र दीप ध्वाखा निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष रत्नलाल साँधले ध्वाखाको दायाँ बायाँ सहायक द्वार र बीचमा मुख्य रहेको खोद्रा दीप ध्वाखा निर्माणमा ४९ लाख ९५ हजार नौ सय ७४ रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन भएको बताए।

प्रकाशित: Dec 04, 2021| 15:45 शनिबार, मंसिर १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।