मंगलबार, असार ३०, २०८३

राष्ट्रिय सभामा ११ मन्‍त्रीले जवाफ दिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- राष्ट्रियसभामा आइतबारदेखि बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरुले जवाफ दिने भएका छन् ।

आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटको विनियोजन विधेयकमाथि उठेका प्रश्नको मन्त्रीहरुको जवाफ दिन लागेका हुन् । मन्त्रालयगत शीर्षकमा छलफल सकिएपछि आइतबारबार एकै पल्ट ११ जना मन्त्रीले जवाफ दिन लागेका हुन् ।

आइतबार सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसंख्या, कृषि भूमि व्यवस्था तथा सहकारी, उद्योग वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, संघीय मामिला तथा सामान्य प्रशासन, गृह, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीले जवाफ दिने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।

मन्त्रीको जवाफसंगै राष्ट्रियसभाबाट बजेट पारित भएपछि कार्यान्व्यनको चरणमा जानेछ । प्रतिनिधिसभाले पारित गरेर जानकारीका लागि राष्ट्रियसभामा पठाएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।