बर्दिया- एक जना नेपाली महिलाको भारतबाट उद्वार गरिएको छ। सशस्त्र प्रहरी बलले मधुवन नगरपालिका-९ की एक महिलाको भारबाट उद्वार गरेको हो।
तीनजना पुरुषको साथमा भारत पुगेकी ती महिलालाई एसएसबीले बेचिएको आशंकामा उद्वार गरेर नेपाल पठाएको छ।
भारतको उत्तर प्रदेश राज्य बहराइचको निशानगाढास्थित एसएसबीले चेकजाँच गर्दा मानव बेचबिखनको आशंकामा महिलालाई भारत पुर्याउने तीनजना पुरुषलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको हो।
एसएसबीले मधुवन नगरपालिका धर्मवस्तीस्थित विओपीमा जानकारी दिएपछि सशस्त्र प्रहरी नायव निरीक्षक चित्रबहादुर पुनको कमाण्डमा खटिएको टोलीले चारैजनालाई आफन्तको जिम्मा लगाएको छ।
उद्वार गरिएकी गुलरिया-१ का ३६ वर्षीय महिलासहित सोही ठाउँका २७, ३० र ३० वर्षका पुरुषलाई प्रहरीले पक्राउ गरेको हो।