विराटनगर- मोरङको जहदा गाउँपालिका–७ स्थित लोहन्द्रा खोलामा डुबेर एक नाबालकको मृत्यु भएको छ।
खोलामा डुबेर दिलीप यादवका तीन वर्षीय छोरा रीतिकुमार साहको मृत्यु भएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार रीतिकुमार घरदेखि लगभग सात मिटर टाढा रहेको खोला छेउमा दाजु र साथीहरुसँग खेल्न गएका थिए।
सोही क्रममा खेल्ने क्रममा शुक्रबार साँझतिर खोलामा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिए।