मंगलबार, असार ३०, २०८३

धरहरा निर्माण प्रकिया अघि बढ्यो, यस्तो बन्‍नेछ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सरकारले धरहराको पुनर्निर्माण प्रक्रिया अगाडि बढाएको छ । 

धरहरा पुनर्निर्माणका लागि पाँचवटा निर्माण कम्पनी प्राविधक छनोटमा परेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिए ।  धरहरा पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्रधाकिरणले आह्वान गरेको विश्वव्यापी बोलपत्र (ग्लोबल टेन्डर) मा छवटा निर्माण कम्पनी छनोटमा परेका हुन् ।  

प्राधिकरणका अनुसार छनोटमा भएका कम्पनीहरुमा जेइक लामा जेभी, सीआर फाइभ सीईएस, स्वच्छन्द जेभी, कुमार सीएफईसी जेभी, जीआईटीसी रमन जेभी र सीआइसीओ कालिका जेभी रहका छन् । 

धरहराको पुनर्निर्माण प्रक्रिया तीव्र रुपमा अगाडि बढिरहेको र साउनमा प्रधानमन्त्री केपी शर्मा ओलीले  शिलन्यास गर्ने कार्याक्रम तय भएको मानन्धरले जानकरी दिए। नवनिर्मित धरहरा २४ रोपनीमा फैलिने छ । धरहरा निर्माणका लागि गोश्वारा हुलाकका भवन भत्काइने प्राधिकरणले जनाएको छ । हुलाक कार्यलय डिल्लीबजारस्थित चारखालमा सारिने छ ।

२४ रोपनी क्षेत्रफलमा फैलिने धरहरा सरकारले ११ तलाको बनाउने भएको छ । १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले २ तला भत्किएपछि ९ तलामा सिमित भएको थियो ।  

धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् । धरहरामा लिफ्टबाट ‘टप’मा पुग्ने व्यवस्था हुनेछ । धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुने बताइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।