सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

हुम्लाको लिमीमा खाद्यान्न ढुवानीमा फेरि अवरोध

हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीमा खाद्यान्न ढुवानीमा फेरि अवरोध आएको छ।
 |  बिहीबार, मंसिर १६, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १६, २०७८

काठमाडौं– हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीमा खाद्यान्न ढुवानीमा फेरि अवरोध आएको छ।

triton college

लिमीका स्थानीय खाद्यान्न माग गर्दै हुम्ला सदरमुकाम सिमीकोट पुगेपछि नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङ काठमाडौं आएका थिए। उनले गृह मन्त्रालय लगायत निकायसँग खाद्यान्न ढुवानीका लागि पहल गरिदिन आग्रह गरेपछि नेपाली सेनाको हेलिकप्टरबाट सुरु गर्न पहल गरिने भएको थियो। तर, ढुवानी नसकिँदै बिहीबारदेखि फेरि अवरोध आएको हो।

नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले आइतबार र बुधबार दुई दिन ढुवानी गरिए पनि फेरि ढुवानीमा अवरोध आएको जानकारी दिए। चीनसँग सीमा जोडिएको हिल्सा नाकामा रोकिएको खाद्यान्न ढुवानी गत आइतबारबाट सुरु गरिएकोमा बिहीबारदेखि फेरि अवरोध आएको गाउँपालिका अध्यक्ष तामाङले बताए।

‘हिल्सा नाकामा चीन सरकारले राहत स्वरुप खाद्यान्न यसअघि नै पुर्याइदिएको थियो,’ अध्यक्ष तामाङले भने, ‘त्यसमध्ये हामीले वडा नम्बर ६ लाई प्राथमिकतामा राखेर ४६० क्विन्टलजति लिमीलाई छुट्याएका थियौं। यसअघि रोकिएको उक्त खाद्यान्न ढुवानी आइतबार र बुधबारमात्रै भयो। फेरि आजदेखि हिमपात सुरु भएका कारण रोकिएको छ। हेलिकप्टर तयारी अवस्थामा नै छ।’

उनका अनुसार हेलिकप्टरले एक ट्रिपमा १५ क्विन्टल खाद्यान्न ढुवानी गरिरहेको छ। ‘एकदमै हाइ अल्टिट्युड भएका कारण सेनाको हेलिकप्टरले पनि एक पटकमा १५ क्विन्टल भन्दा बढी बोक्न नसक्ने रहेछ,’ उनले भने, ‘एकदमै खोंचमा भएको र हेलिप्याडको राम्रो व्यवस्था नभएका कारण पनि फुल लोड लिन नसकिने रहेछ।’

Metro Mart
vianet

यसअघि चीन सरकारले राहतस्वरुप दिएको उक्त खाद्यान्न ढुवानी हिमपातकै कारण अवरोध आएको थियो। हिमपात हुँदा बाटो नभएका कारण स्थानीयले हिल्साबाट खाद्यान्न्न ढुवानी गर्न पाएका थिएनन्। खाद्यान्नको चरम समस्या भएपछि लिमीका स्थानीय खाद्यान्न माग गर्दै हुम्ला सदरमुकाम सिमीकोट आएका थिए। अध्यक्ष तामाङका अनुसार हिल्साबाट लिमीमा तत्काल ४५० क्विन्टल खाद्यान्न पुर्याउनुपर्ने छ।

यता, नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्ला प्रशासन कार्यालय हुम्लाको समन्वयमा लिमीमा खाद्यान्न ढुवानी भइरहेको प्रतिक्रिया दिएको छ। कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले तत्काल लिमीमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा खाद्यान्न ढुवानी भइरहेको बताइन्।

कम्पनीका अनुसार यस वर्ष हुम्लामा २१ हजार ५ सय क्विन्टल चामल ढुवानी गर्ने कार्यक्रम रहेको थियो। ‘हुम्लामा ढुवानीका लागि स्थलगतमार्फत १७ वटा सेक्टर छ,’ उनले भनिन्, ‘इमर्जेन्सीको लागि हवाईमार्फत पनि अप्सन हो। लिमी क्षेत्रका लागि चाहिँ सदरमुकामस्थित सिडिओ कार्यालयबाट पहल भइराखेको छ।’

यसअघि गत साउनदेखि नै  हुम्लामा खाद्यान्न (चामल) ढुवानी गर्ने कार्यक्रम रहे पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ढुवानीमा ढिलाइ गर्दा हुम्ला जिल्लाभर नै खाद्यान्न अभाव भएको थियो।

प्रकाशित: Dec 02, 2021| 17:00 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।