मंगलबार, असार ३०, २०८३

निषेधाज्ञा तोड्दै नागरिक सडकमा (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-चिकित्सा क्षेत्रमा सुधार ल्याउनुपर्ने मागसहित जुम्लामा आमरण अनसन बसिरहेका डाक्टर गोविन्द केसीको माग सम्बोधनका लागि सरकारलार्इ दबाब दिन नागरिक समाजले राजधानीमा प्रदर्शन गरेको छ । 

सरकारले सभासम्मेलन गर्न निषेध गरिएको क्षेत्र माइतीघर मण्डलाबाट शुरु भएको र्‍याली नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको थियो । 

प्रदर्शनको भिडियो हेर्नुहोस्



जुलुसमा सरकारले मेडिकल माफियालार्इ पोस्ने गरी चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै सरकारी कदमको विरोध गरिएको छ । 'यो लोकतन्त्र कि जोकतन्त्र', 'सरकारको कदम गणतन्त्र भन्दा पनि पञ्चायतको भाग २' लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरिएको थियो । 

प्रदर्शनमा विभिन्न पेशाकर्मी, अधिकारकर्मी तथा सर्वसाधारण नागरिकको सहभागिता थियो । प्रदर्शनमा विवेकशिल साझा पार्टीका संयोजक रवीन्द्र मिश्र पनि सहभागी थिए । 







 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।