सप्तरी–पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको महुली पुल भासिँदा पुर्वपश्चिम राजमार्ग रोकिएको छ ।
महुली पुलको पश्चिमखण्डको उत्तरपट्टि ५० मिटर भाग भासिएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काले नेपाल समयलाई जानकारी दिए ।
‘पुलको केही भाग भासिएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी खड्काले भने, ‘अहिले एकतर्फी रुपमा सवारी सञ्चालन भइरहेको छ ।’
यो घटनाका बारेमा यातायात व्यवस्था विभागलाई जानकारी गराई सकिएको बताउँदै सहायक प्रजिअ खड्काले चाँडै पुल सञ्चालनका लागि काम गरिने बताए । अहिले पनि अध्ययनका लागि टोली घटनास्थलमा पुगेको भन्दै उनले जोखिमपूर्ण अवस्था भएपनि एकतर्फी रुपमा यातायात सञ्चालन गरिएको बताए ।
खड्काले पुल भासिने क्रम बढे डाइभर्सनका लागि पनि उचित स्थान नरहेकाले धेरै समस्या हुनसक्ने बताए ।
