सोमबार, जेठ १५, २०८०

गीतारको ‘बेसलाइन’मा बगेको अर्थपूर्ण गीत

'स्वतन्त्रताको चित्र’ नाम दिएको यो गीतले सामान्य तरिकाले पनि गम्भीर संगीत सिर्जनाको एउटा उदाहरण पेस गर्छ।
 |  बिहीबार, साउन २१, २०७८

राज सरगम

राज सरगम

बिहीबार, साउन २१, २०७८

२८ जुन। संगीतकर्मी लोचन रिजाल हातमा गितार बोकेर युट्युब च्यानलमा देखिए। देखिएको दृश्यमा उनी माइक अघि बसेर गीतारका तार सुम्सुमाइरहँदा मात्र थाहा लाग्छ कि, यो कुनै तामझामपूर्ण गीत होइन। भव्य अर्केस्ट्रा र संगीतको पुञ्जीय ‘एरेन्जमेन्ट’ यसमा छैन। 

Everest Bank

तर जब कसैले पूरै गीत सुनिसक्छ उसको मथिंगल हल्लन्छ। गीतका शब्द–शब्दले एकएक गर्दै स्रोताको दिमागी तलाउमा ससना ढुंगारुपी अर्थ फ्याँकिरहन्छन्। र, मनमा एक प्रकारको नवीनतम र अर्थपूर्ण तरंग फैलिन्छ। ‘स्वतन्त्रताको चित्र’ नाम दिएको यो गीतले सामान्य तरिकाले पनि गम्भीर संगीत सिर्जनाको एउटा उदाहरण पेस गर्छ।

त्यसो त लोचन यस्तै प्रयोगधर्मी संगीतका लागि परिचित नाम हो। उनी संगीत र बाजाका अध्येता पनि हुन्। उनका लागि बाजाहरू प्रिय छन्। तर यो गीतमा उनले धेरै बाजाहरू प्रयोग गरेका छैनन्। मात्र एउटा गीतारको ‘बेस लाइन’मा बगेका छन्। र, गाएका छन्, ‘कहिलेकाहीँ स्वतन्त्रताका चित्रहरु कोरौं लाग्छ मलाई, निराशाका सबै पर्खालहरू तोडौं लाग्छ मलाई।’ 

‘कुनै खास र विशेष अवस्थामा मात्र जन्मेको गीत होइन यो,' गीतको रचनाधर्मिताबारे हामीले सोधेको प्रश्नमा लोचनले सुनाए, ‘केही पंक्तिहरू भने एउटा निश्चित परिस्थिति र सन्दर्भमा कोरिएका हुन्।’

उनी कुनै बेला त्रिपुरेश्वर महादेव मन्दिर हरेकदिन जसो पुग्थे। मन्दिरको भौतिक निर्माणमा जुटेका मजदुरको कामको लयलाई निहाल्थे। मुर्तिकारले काम गरिरहेको हेर्थे। उनीहरूका कुरा सुन्थे। मन्दिरका टुँडाल र मूर्तिमा भेटिने भावसँग आत्मिक अन्तर्क्रिया गर्थे। निर्माणधीन मन्दिरमा काम गर्ने कामदारलाई हेरिरहँदा एक दिन अनायसै फुर्‍यो; यो मन्दिरको देवचरणमा समर्पित भई, कयौं लडें म त, कयौं लडें। 

प्रकाशित: Aug 05, 2021| 04:50. 21 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

पुस्तकमा अटाएको बखतबहादुरको योगदान

विदेशमा चलचित्रमा फोटोग्राफी र क्यामरा प्रयोगको कला अध्ययन गर्ने प्रथम व्यक्तित्व बखतबहादुरको योगदानलाई चिरस्मरणीय बनाउन उनका छोराछोरीले ‘बखतबहादुरको शब्दचित्र स्मृति ग्रन्थ’ (२०७९) नै प्रकाशन गरिदिएका...

देव व्रतको कविता संग्रह 'अश्वत्थामाको निधारबाट बागमती बग्छ' सार्वजनिक

कोठा, के छ, आगमन, ऊ, तिमी गएपछि, सहर, नक्कली किसान, पृथ्वी, कर्णाली, आमा तिमी मूर्ख हौ, अश्वत्थामाको निधारबाट बागमती बग्छलगायत कविता कृतिमा समावेश छन्।