शनिबार, वैशाख २७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • वनमन्त्री हुँदा आलोचित आले पर्यटनमा पाउँदैछन् प्रशंसा

वनमन्त्री हुँदा आलोचित आले पर्यटनमा पाउँदैछन् प्रशंसा

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालिरहेका आले अहिले भने सम्हालिएर काम गरिरहेका छन्।
 |  बुधबार, मंसिर १५, २०७८
nespernesper

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

बुधबार, मंसिर १५, २०७८

vianetvianet

काठमाडौं– करिब एक वर्षअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा एमालेबाट वन तथा वातावरण मन्त्री हुँदा पटक–पटक ट्रोल बने प्रेम आले। कैयौंले उनलाई ‘कार्बन डाइअक्साइड’ मन्त्री भनेर समेत चिने। कतिपयले उनलाई ‘भाइरल मन्त्री’ को पनि विशेषण दिए।

triton college

केपी ओलीलाई छाडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा लागेका आले फेरि मन्त्री बने। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालिरहेका आले अहिले भने सम्हालिएर काम गरिरहेका छन्। सुरुमै विज्ञसँग परामर्श गरेर काम थालेका आले पहिलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार गर्छु भनेर लागिपरेका छन्। विमानस्थलका ट्याक्सीको मनोमानी र चर्को शुल्क असुली धन्दा अन्त्य नभएपछि मन्त्री आलेको पहलमा बुधबारबाट सटल बस सेवा सुरु भएको छ।

अब ती बसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल स्टेसनदेखि गोल्डेन गेट अर्थात् सिनामंगलको सडकसम्म यात्रुलाई सेवा दिनेछन्। रिङरोडबाट निस्केपछि यात्रुले सार्वजनिक बस सहजै भेट्नेछन् र आफ्नो गन्तव्यमा पुग्न सहज हुनेछ। ट्याक्सी नै चढ्न चाहनेका लागि पनि विमानस्थलको टर्मिनल भन्दा सडकबाट सहज र सस्तो दरमा पाइन्छ। 

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालिरहेका आले अहिले भने सम्हालिएर काम गरिरहेका छन्। 

नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले तीनवटा माइक्रो बसलाई सटल बसका रुपमा सञ्चालनमा ल्याएको छ। बुधबार बिहान ती बसको उद्घाटन मन्त्री प्रेमबहादुर आलेले गरे। सटल बस सञ्चालनमा ल्याइनुअघि उनले तीनपटक विमानस्थल प्रहरीलाई ट्याक्सीको ठगी नियन्त्रण गर्न निर्देशन दिएका थिए। तर पनि यात्रु लुटिने क्रम जारी रहेपछि सटल बसको थालनी गर्नुपरेको मन्त्री आलेले बताए। 

‘काठमाडौंमा पढ्ने विद्यार्थीहरु घर बिदाबाट फर्किंदा रासनपानी बोकेर आएका हुन्छन्। जहाजको भाडाभन्दा महँगो ट्याक्सीले असुल्छन्,’ उनले भने, ‘मै पनि विगतमा कोटेश्वरसम्म जाँदा डेढ–दुई हजार तिर्न बाध्य भएको थिएँ। यही लुट अन्त्य गर्न सटल बसको थालनी गर्नुपरेको हो।’ विमानस्थलका महाप्रबन्धक भोला गुरागाईंका अनुसार अब हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म सटल बस सित्तैमा सञ्चालन हुनेछन्। तीनले आन्तरिक टर्मिनलदेखि रिङरोडसम्म जोडिएको विमानस्थलको गोल्डेन गेटसम्म यात्रुलाई सेवा दिनेछन्। ‘अब आन्तरिक यात्रुले ओरालोमा ट्रली गुडाउँदै बसको चिन्ता गर्नु पर्दैन। सटल बसले सडकसम्म पुर्याइदिने छ। त्यहाँबाट यात्रुले क्षमता अनुसार ट्याक्सी वा बस चढ्न सक्ने छन्।’

National life insurance

सटल बस सञ्चालनमा भएपछि सेवाग्राहीले खुसी व्यक्त गरेका छन्। पाल्पाकी अनिता पाण्डेले मन्त्रीको यो कार्यबाट सर्वसाधारण ट्याक्सीको लुटबाट जोगिने बताइन्। भनिन्, ‘ट्याक्सीको मनोमानी अब घट्छ। नत्र त यहाँबाट त्यहाँ गेटसम्म पुगेकै ५ सयसम्म माग्थे ट्याक्सीवालाले। अब त रोडसम्म यहीँको गाडीले पुर्याइदिन्छ। त्यहाँबाट त जे पनि पाइहालिन्छ।’ 

मन्त्री आलेको पहलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विश्राम घर पनि बनाइएको छ, जुन भवनको बुधबार नै उद्घाटन भएको छ। यो घर बनेसँगै श्रमिकहरु विदेश जानुअघि टर्मिनल बाहिर उभिनुपर्ने बाध्यता हटेको छ। विश्राम घरमा तातो–चिसो पानी, टेलिफोन, टिभी, मोबाइल चार्जर, फ्लाइट डिस्प्ले, वाइफाइ र पर्यटन मन्त्रालय तथा विमानस्थलको हटलाइन नम्बर राखिएको छ। वैदेशिक रोजगारीमा जाने यात्रुले ठगिएमा वा अन्य कुनै समस्या परेमा हटलाइनमा फोन गर्न सक्नेछन्। अहिले २५ जना क्षमता भएको विश्राम घरलाई चाँडै ३ सय अटाउने क्षमताको बनाइने योजना रहेको मन्त्री आलेले बताए। यसैबीच, मन्त्री आलेकै निर्देशनका विमानस्थलमा रहेका कफी पसलले पनि १५ प्रतिशत मूल्य घटाएको बताइएको छ।

पीसीआरको शुल्क घटाएर जिते श्रमिकको मन

मन्त्री आलेले विदेश जाने नागरिकसँग कोरोना परीक्षणका नाममा असुलिँदै आएको चर्को शुल्कसमेत घटाइदिएका छन्। मन्त्रीले निर्देशन दिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदेसिने नेपाली यात्रुबाट कोभिड–१९ परीक्षण (आरटी–पीसीआर) गरेबापत २ हजार रुपैयाँ लिँदै आएका प्रयोगशालाले १२ सय रुपैयाँभन्दा बढी लिन नपाउने भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन विभाग प्रमुख सुरेशप्रसाद खनालले विमानस्थल परिसरभित्र पीसीआरका लागि नमुना संकलन गर्दै आएका स्टार अस्पताल, टीजी मेडिसिन डिष्ट्रिब्युटर्स प्रालि, क्रिस्टल डाइग्नोष्टिक प्रालि, अल्फा हेल्थ केयर एण्ड डाइग्नोष्टिक, क्लिनिकल एण्ड मोलिकुलर जेनेटिक, कोरोना ट्रेडिङ कम्पनी, सिद्धि पोलिक्लिनिक र विध ल्याबलाई कात्तिक १४ गते पत्र लेखेर सोही दिनबाट लागू हुनेगरी यात्रुबाट १२ सय रुपैयाँभन्दा बढी नलिन निर्देशन दिएका थिए।

हाल विदेश जाने नेपाली श्रमिकले १२ सय रुपैयाँमा पीसीआर गराउन पाइरहेका छन्। ‘हेर्दा सानोजस्तो देखिए पनि हामीजस्ता गरिब श्रमिकका लागि यस्तो निर्णयले ठूलो अर्थ राख्ने रहेछ,’ रोजगारीका लागि विदेश जाने तयारीमा रहेका सुनसरीका विकेश चौधरीले भने,  ‘पीसीआरका नाममा लुटको धन्दा चलिरहेको थियो। पहिले दुई हजार तिर्नुपर्थ्यो। अहिले १२ सयमा सहजै पीसीआर गर्न पाइएको छ। यो त हाम्रो लागि खुसीको कुरा हो नि।’ 

प्रकाशित: Dec 01, 2021| 17:37 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।