मंगलबार, असार ३०, २०८३

रुखमा च्यापिएर दुई मजदुरको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी-बाजुरामा काठ चिर्न गएका दुई कामदारको रुखले किचेर मृत्यु भएको छ ।  गौमुल गाउँपालिका-३ गर्जेमा काठ चिर्न गएका २२ वर्षका भीमबहादुर बोहरा र २३ वर्षका धर्मबहादुर बोहराको मृत्यु भएको हो । 

गर्जेरातिमाटामा पानीको ट्याङ्की नजिकै पाल टाँसेर बसेका बेला रुख भाँचिएर दुर्घटना भएको मृतकका आफन्त तुलबहादुर रोकायाले जानकारी दिए । 

गम्भीर घाइते भएका खण्टे बोहराको उपचारका लागि जिल्ला अस्पताल लैजान लागिएको प्रहरीले जनाएको छ । घटनास्थलको जानकारी लिन जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।