आइतबार, वैशाख ७, २०८२

दश हजार संक्रमित उपचारमा नआउँदा एचआईभी उन्मूलनको लक्ष्यमा चुनौती

नेपालमा एचआइभी संक्रमण पत्ता लागेको ३४ वर्ष पुरा भइसकेको छ। २०१० को तुलनामा ६३ प्रतिशतले एचआइभी संक्रमित कम भए पनि अझै १० हजार संक्रमित उपचारको दायरामा नआउँदा समस्या थपिएको छ।
 |  बुधबार, मंसिर १५, २०७८
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

बुधबार, मंसिर १५, २०७८

vianetvianet

काठमाडौं- नेपालमा एचआइभी संक्रमण पत्ता लागेको ३४ वर्ष पुरा भइसकेको छ। २०१० को तुलनामा ६३ प्रतिशतले एचआइभी संक्रमित कम भए पनि अझै १० हजार संक्रमित उपचारको दायरामा नआउँदा समस्या थपिएको छ।  

triton college

नेपालमा ३४ वर्षअघि अर्थात् सन् १९८८ मा पहिलो एचआईभी एड्स संक्रमित फेला परेको थियो। पछिल्लो तथ्यांक अनुसार नेपालमा २०२० को अन्तसम्म नेपालमा ३० हजार ३०० जना व्यक्तिमा एचआइभीको संक्रमण भएको अनुमान गरिएको छ। नेपालमा दैनिक दुई जनालाई एचआईभी संक्रमण हुने गरेको पाइएको छ।

विश्व एड्स दिवसको अवसरमा केन्द्रले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा ७ सय ५४ जनालाई एचआईभी संक्रमण भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ। सरकारले सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिएको छ। त्यसका लागि तीनवटा क्षेत्रमा ९५ प्रतिशत परिणाम ल्याउनुपर्ने योजना बनाइएको छ। पहिलो ९५ प्रतिशत एचआइभी संक्रमितले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउनुपर्ने दोस्रोमा ९५ प्रतिशतमा उपचारको पहुँच हुनुपर्ने र तेस्रोमा औषधि खानेमा ९५ प्रतिशतको शरीरमा भाइरसको भार न्यून भएको हुनुपर्नेछ।

नेपालमा एचआइभी संक्रमण पत्ता लागे पनि अझै उन्मुलन गर्न सकिएको छैन। अझै पनि मानिसको डर, लाजका कारण मानिस लुकेर बस्न बाध्य छन्। एचआइभीको बारेमा पर्याप्त जानकारी नहुँदा संक्रमित खुलेर उपचारमा पुग्न नसकेको एचआइभी राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्री निर्देशक सुधा देवकोटा बताउँछिन्। 

'नेपालमा एचआइभी संक्रमणको उपचार तथा औषधिमा धेरै नै प्रगति भएको छ। तर, अझै ठुलो संख्यामा सङ्क्रमितहरू लुकेर बस्दा समस्या भएको छ,' उनले भनिन्। 

National life insurance
संक्रमित मध्ये जम्मा ६९ प्रतिशतलाई मात्रै उपचारको दायरमा ल्याउन सकिएको केन्द्रले जनाएको छ। केन्द्रका चिकित्सक डा. पवन कुमार शाहका अनुसार उपचारमा आएकाहरूलाई निरन्तरता दिएर राख्न सकिएको भए पनि समाजको स्टिग्माको कारण केही संक्रमित उपचारमा नआउँदा त्यसले एड्स नियन्त्रण गर्ने लक्ष्यमा पुग्न चुनौती पुग्ने देखिन्छ। 
२०१० को तुलनामा नेपालमा उल्लेख्य प्रगति भएको केन्द्रको तथ्यांक छ। तथ्यांक अनुसार २०१० को भन्दा ६३ प्रतिशतले संक्रमण कम भएको छ। २०१० मा २ हजार ६१ जना नयाँ संक्रमण अनुमान गरिएकोमा २०१० मा जम्मा ७५४ जना नयाँ संक्रमण अनुमान गरिएको छ। 

त्यस्तै बालबालिकामा पनि २०१० मा २१५ जना नयाँ संक्रमण पुष्टि भएकोमा २०२० मा जम्मा ८० जना नयाँ संक्रमण पुष्टि भएको छ। 

त्यस्तै मृत्युलाई हेर्ने हो २०२० मा भने ६३६ जनाको मृत्यु भएको छ। यो २०१० को तुलनामा ५५ प्रतिशत कम हो। २०१० मा १ हजार ४१३ संक्रमितको मृत्यु भएको केन्द्रको तथ्यांक छ। 

संक्रमित मध्ये जम्मा ६९ प्रतिशतलाई मात्रै उपचारको दायरमा ल्याउन सकिएको केन्द्रले जनाएको छ। केन्द्रका चिकित्सक डा. पवन कुमार शाहका अनुसार उपचारमा आएकाहरूलाई निरन्तरता दिएर राख्न सकिएको भए पनि समाजको स्टिग्माको कारण केही संक्रमित उपचारमा नआउँदा त्यसले एड्स नियन्त्रण गर्ने लक्ष्यमा पुग्न चुनौती पुग्ने देखिन्छ। 

शाहले एचआइभी संक्रमितको उपचारमा नेपालले उल्लेख्य प्रगति गरेको जनाए। उनले कोभिड महामारीका बेलामा पनि संक्रमितको उपचारमा चाहिने सम्पूर्ण औषधी उनीहरूको घर घरमा पुराएर भए पनि उपचार नछुटाएको बताए।

विश्वको तथ्यांक हेर्ने हो भने प्रत्येक वर्ष १५ लाख एचआइभी संक्रमित थपिने अनुमान गरिएको छ। २०१० मा २१ लाख नयाँ संक्रमित थपिने गरेकोमा २०२० मा ३१ प्रतिशत ले कम भएको तथ्यांक छ। 

विश्वमा प्रत्येक दिन ४ हजार १०९ जना मानिस एचआईभी संक्रमित भएको सम्बन्धित क्षेत्रका विज्ञहरूले औंल्याएका छन्। एचआइभी र एड्स सम्बन्धी विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाउन थालिएको हो। 

अझै पनि नेपाल लगायत विश्वमा नै एचआइभी उन्मुलन गर्न नसक्नुको कारणहरूमा असुरक्षित यौन सम्पर्क, संक्रमित सुई, सिरिन्जको प्रयोग र परीक्षण नगरिएको रक्तदानबाट सर्ने एचआईभी/एड्स नब्बेको दशकपछि विशेषगरी दक्षिण अफ्रिकी महादेश छोडेर दक्षिण तथा दक्षिण एसियामा व्यापकता पाएको विशेषज्ञहरू बताउँछन्।

अमेरिकामा सन् १९८१ मा पहिलोपटक एचआइभी संक्रमण देखिएको थियो। यसलाई सुरुवाती समयमा निकै खतरनाक रोगका रूपमा लिइन्थ्यो। किनकि, एचआइभी संक्रमितका लागि औषधिको समेत आविष्कार भइसकेको थिएन। 

हालसम्म विश्वमा करिब ७ करोड ९३ लाख मानिस एड्स रोगबाट संक्रमित भइसकेको र उनीहरूमध्ये ३ करोड ६३ लाख मानिसको मृत्यु भइसकेको छ भने ३ करोड ७७ लाख संक्रमित  रहेको तथ्यांक छ। 

२०२० सम्ममा एचआइभी संक्रमित ३ करोड ७७ लाखमध्ये २ करोड ७५ लाख मात्रै एन्टी रेट्रोभाइरल औषधिको पहुँच छन्। विश्वमा अझै १ करोड भन्दा बढी सङ्क्रमितहरू उपचार बाहिर रहेको तथ्यांक छ। 

अर्को सकारात्मक पक्ष के छ भने १९०० देखि २०१५ सम्म कन्डमको प्रयोग बढ्नाले ११ करोड ७० लाख नयाँ एचआईभी संक्रमण रोकिएको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ। 

अझै पनि नेपाल लगायत विश्वमा नै एचआइभी उन्मुलन गर्न नसक्नुको कारणहरूमा असुरक्षित यौन सम्पर्क, संक्रमित सुई, सिरिन्जको प्रयोग र परीक्षण नगरिएको रक्तदानबाट सर्ने एचआईभी/एड्स नब्बेको दशकपछि विशेषगरी दक्षिण अफ्रिकी महादेश छोडेर दक्षिण तथा दक्षिण एसियामा व्यापकता पाएको विशेषज्ञहरू बताउँछन्।

एक्वार्यड युमिनो डिभिसेन्सी सिन्ड्रम नामक भाइरस शरीरमा प्रवेश गरेको छ र एकदेखि तीन महिनापछि रगत परीक्षण गर्दा उक्त भाइरस देखिएमा एचआईभी पोजेटिभ भएको मानिन्छ । 

नेपालमा एचआइभी एड्स कार्यक्रम

नेपालमा एचआईभीको प्रथम संक्रमण सन् १९८८ मा देखिएको हो। हालसम्मको अवस्थालाई अवलोकन गर्ने हो भने ३० हजार ३०० एचआईभी एड्स संक्रमित रहेको सरकारी तथ्यांक छ। नेपालमा एड्ससम्बन्धी उपचारका लागि देशका विभिन्न स्थानमा १८९ केन्द्र स्थापना गरी सरकारले उपचार तथा परामर्श उपलब्ध गराउँदै आएको छ। त्यस्तै ६१ जिल्लाका ८३ एआरटी सेन्टरबाट एन्टीरेटोभाइल उपचार निःशुल्क उपलब्ध गराइएको छ।  

२०२० को सर्वेक्षण अनुसार नेपालमा सुइँद्वारा लागूपदार्थ प्रयोग गर्नेमा ३ प्रतिशतका दरले एआईभीको संक्रमणदर रहेको पाइएको छ भने २०१७ को सर्वेक्षण अनुसार महिला यौनकर्मीमा २.२ प्रतिशत, पुरुष समलिंगीहरूमा ६.२ प्रतिशतका दरले संक्रमण पाइएको छ।

नेपालमा राष्ट्रिय एचआईभी रणनीतिक योजना २०१६/२०२१ ले निर्देश गरे अनुरूप उच्च जोखिममा रहेका समूहहरू जस्तै सुईद्वारा लागू पदार्थ प्रयोग गर्नेहरू, यौनकर्मी र तिनका ग्राहकहरू, पुरुष समलिंगी तथा तेस्रोलिंगीहरू र रोजगारीका लागि बिदेसिनेहरू तथा तिनका दम्पतीहरू र जेलमा रहेका कैदीहरूका लागि एचआईभी रोकथाम कार्यक्रम एवं संक्रमित र प्रभावितहरूका लागि उपचार, हेरचाह तथा सहयोग कार्यक्रम सञ्चालन भइरहेको छ।

विशेषतः कण्डम प्रवर्द्धन, एचआईभीको परामर्श र परीक्षण, यौनरोगको निदान र उपचार, जोखिम न्यूनीकरण, एआरटी सेवा र समुदाय सहयोगका कार्यक्रमहरू सरकारी स्वास्थ्य केन्द्र र अन्य विभिन्न संघ संस्थाहरूबाट सञ्चालन भइरहेको छ। देशका सबै जिल्लाहरूमा आमाबाट बच्चामा हुने संक्रमण रोकथाम (पिएमटीसीटी) गर्न समुदायमा आधारित पिएमटीसीटी कार्यक्रम सञ्चालनमा छ जस अन्तर्गत प्रसूति केन्द्रहरूमा गर्भवती महिलाहरूमा एचआईभी निःशुल्क जाँच सुविधा छ। यसका साथै जोखिममा रहेका समूहहरूमा समुदायमा आधारित एचआईभी परीक्षणका कार्यक्रम पनि सञ्चालित छ।

एचआईभी/एड्स रोग बढ्ने कारणहरू गरिबी, अशिक्षा, लैंगिक विभेद, चेलीबेटी बेचबिखन, वेश्यावृत्ति जस्ता कुराहरूसँग सम्बन्धित हुन भारतसित रहेको खुल्ला सिमाना वसार–पसार, व्यापार, शिक्षा–आर्जन, नाता कुटुम्ब भेटघाट र पर्यटन आदिका कारणले लाखौंको संख्यामा थप व्यक्तिहरू आवागमन गर्छन् । सहरमा युवाहरूबीच सुईको माध्यमबाट गरिने नशालु पदार्थको सेवन गर्नेहरूको संख्या दिनानुदिन बढ्दो छ। यी तथ्यले अहिले नेपालको युवा जमातमा ०.१३ प्रतिशत संक्रमण भइरहेको छ। 

२०२० को सर्वेक्षण अनुसार नेपालमा सुइँद्वारा लागूपदार्थ प्रयोग गर्नेमा ३ प्रतिशतका दरले एआईभीको संक्रमणदर रहेको पाइएको छ भने २०१७ को सर्वेक्षण अनुसार महिला यौनकर्मीमा २.२ प्रतिशत, पुरुष समलिंगीहरूमा ६.२ प्रतिशतका दरले संक्रमण पाइएको छ। मध्यपश्चिम तथा सुदूरपश्चिममा गरिएको सर्वेक्षणले भारतमा कामदार नेपालीमा एचआइभीको संक्रण सुदूरपश्चिममा ०.६ प्रतिशत पाइएको छ। 

हामी भने वास्तवमा यौन, यौनिकता अनि प्रजनन् स्वास्थ्यसँग सम्बन्धित कुराहरू हामी खुलेर गर्न चाहँदैनौं। त्यसैले  यौन स्वास्थ्य अनि प्रजनन अधिकार एवं प्रजनन स्वास्थ्यका कुराहरू खुलेर गर्न विज्ञहरू बताउँछन्।

प्रकाशित: Dec 01, 2021| 11:38 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्