बुधबार, भदौ ३, २०८३

सुर्खेत-दैलेख सडक खण्ड एक महिनाका लागि बन्द

आजदेखि एक सर्खेत-दैलेख सडक खण्ड एक महिनाका लागि बन्द भएको छ।
 |  बुधबार, मंसिर १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १५, २०७८

सुर्खेत- आजदेखि एक सर्खेत-दैलेख सडक खण्ड एक महिनाका लागि बन्द भएको छ। दैलेखको गाईबान्नास्थित भीरको चट्टान काट्नुपर्ने भएकाले मंसिर १५ देखि पुस १४ गतेसम्म सडक बन्द गराइएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ।

मर्मत गर्न लागिएको सडकखण्डबाट साना सवारी साधन (साना जीप, कार तथा मोटरसाइकल) चल्नेछन्। ठूला र मालवाहक गाडीलाई भने सुर्खेतको बड्डीचौर हुँदै तल्लो डुङ्गेश्वरको सडक खण्ड प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ।

छोटो रुट भएका कारण बन्द भएको सुर्खेत-दैलेख सडक खण्डमा दैलेख, जाजरकोट, कालिकोट, मुगु र जुम्ला सवारी साधन चल्दै आएका थिए। अब सडक खण्ड फराकिलो नहुन्जेलसम्मका लागि सवारी साधनले वैकल्पिक  मार्ग प्रयोग गर्नुपर्ने छ।


प्रकाशित: Dec 01, 2021| 10:40 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।