मंगलबार, असार ३०, २०८३

तीन महिनामै ओली-प्रचण्ड फरक धुरीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- एकीकरण भएको तीन महिना नपुग्दै नेकपाका अध्यक्ष केपी ओली र अर्का  अध्यक्ष प्रचण्ड फरक धुरीमा पुगेका छन्। 

बिहीबार बसेको नेकपाको स्थायी समिति बैठकमा उनीहरू यसरी फरक धुरीमा देखिएका हुन्। सरकारको नेतृत्व गरेका प्रधानमन्त्रीको नेकपाका  नेताहरूसँग गुनासो थियो, ‘सरकारले राम्रो काम गरिरहेको छ, तपाईंहरूले सरकारको बचाऊ नै गर्नुभएन।’ 

ओलीले राम्रो काम गरिरहँदा पनि सरकारविरुद्ध चौतर्फी आक्रमण भएको तर त्यसको प्रतिवाद नेताहरूबाट नभएको गुनासो गरेका हुन्। बैठकमा झण्डै एक दर्जन स्थायी समिति सदस्यहरूले सरकारको कार्यशैलीप्रति कडा आलोचना गरेका थिए। 

अध्यक्ष प्रचण्डले भने जनस्तरबाटै सरकारको काम कारवाहीबाट असन्तुष्टि आएको बताउँदै ओलीको भनाइलाई प्रतिवाद गरेका थिए। प्रचण्डले जे भए पनि सरकारको बचाऊ गर्नुपर्ने बताउँदै त्यसका लागि निर्देशन दिएका थिए। 

बैठकमा मन्त्रीहरूको विषयमा चर्को आलोचना भएपछि प्रचण्डले त्यसलाई मत्थर पारेका थिए। प्रचण्डले स्थायी समितिका सदस्यहरूको गुनासो सुन्न  र आफ्ना कुरा मन्त्रीहरूसँग राख्न आफूले संयुक्त बैठक  बोलाएर छलफल गराउने बताउँदै सदस्यहरूलाई आश्वस्त पारेका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।