बुधबार, जेठ २०, २०८३

कर्णालीका आर्थिकमन्त्री विष्टले लिए शपथ

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले पद तथा गोपनियताको शपथ लिएका छन्। नवनियुक्त मन्त्री विष्टले मंगलबार साँझ प्रदेश प्रमुख तिलक परिवार समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन्।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

सुर्खेत- कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले पद तथा गोपनियताको शपथ लिएका छन्। नवनियुक्त मन्त्री विष्टले मंगलबार साँझ प्रदेश प्रमुख तिलक परिवार समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन्।

National life

विष्टले शपथ लिएसँगै कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्र पनि सहभागी भएको छ। मुख्यमन्त्रीलाई विश्वासको मत दिनुअघि नै मन्त्रालयको बागबन्डा टुङ्गाउनुपर्ने माओवादीको अडानपछि मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार विष्टलाई मन्त्री नियुक्त गरेका थिए।

नवनियुक्त मन्त्री विष्ट सुर्खेत निर्वाचन क्षेत्र २ (ख) बाट निर्वाचित सांसद हुन्। २०३६ साल बैशाख १६ गते कालिकोटमा उनको जन्म भएको हो। हाल बराहताल गाउँपालिका–१ सुर्खेतका स्थायी बासिन्दा विष्टले विद्यार्थी जीवनबाट राजनीति सुरु गरेका हुन्।

२०५६ सालमा तत्कालीन माओवादीले थालेका विद्रोहमा उनी भूमिगत भएका थिए। भूमिगत कालमै उनले २०५६ भदौदेखि २०५८ माघ १ गतेसम्म झण्डै १८ महिना बन्दी जीवन विताए। उनी सुर्खेत जेलब्रेक घटनाका कमाण्डर समेत हुन्। २०५८ माघ १ गते विष्ट लगायतले सुर्खेत कारागारबाट जेलब्रेक गरेर भाग्न सफल भएका थिए। माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका उनले राजनीतिक शास्त्रमा स्नातक तहसम्म अध्ययन गरेका छन्।

 

Shivam cement

प्रकाशित: Nov 30, 2021| 21:38 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।