मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • एक अस्ट्रेलियन महिलाले लगाइन् आफैं क्‍वारेन्टाइन बसेको होटलमा आगो

एक अस्ट्रेलियन महिलाले लगाइन् आफैं क्‍वारेन्टाइन बसेको होटलमा आगो

अस्ट्रेलियामा कोभिडका बिरामीलाई राख्‍ने क्‍वारेन्टाइनमा आगो लागेपछि एक महिला पक्राउ परेकी छन्। अस्ट्रेलियाको क्विन्सल्यान्डस्थित एउटा होटलबाट ३१ वर्षीया एक महिला पक्राउ परेकी हुन्। आफू बसेको होटलको बेडमा आगो लगाएको उनीमाथि आरोप लागेको छ। उनी आइतबार दुई बच्चासहित ११ तले प्यासिफिक होटेलमा बसेकी थिइन्।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

सिड्नी- अस्ट्रेलियामा कोभिडका बिरामीलाई राख्‍ने क्‍वारेन्टाइनमा आगो लागेपछि एक महिला पक्राउ परेकी  छन्। अस्ट्रेलियाको  क्विन्सल्यान्डस्थित एउटा होटलबाट ३१ वर्षीया एक महिला पक्राउ परेकी हुन्। आफू बसेको होटलको बेडमा आगो लगाएको उनीमाथि आरोप लागेको छ। उनी आइतबार दुई बच्चासहित ११ तले प्यासिफिक होटेलमा बसेकी  थिइन्। 

National life

आगो लागेपछि १६० जनालाइ होटलबाट बाहिर  निकालिएको  थियो। आगलागीमा कोही पनि घाइते भएका छैनन्। अस्ट्रेलिमा नयाँ भेरियन्टको भाइरस देखिरहेका बेला आगलागीको घटना सार्वजनिक भएको हो।

ओमीक्रोन भाइरस सबैभन्दा पहिला दक्षिण अफ्रिकामा देखिएको थियो। यसलाइ  विश्व स्वास्थ्य संगठनले भाइरस अफ कन्सर्न घोषणा गरेको छ। भाइरस देखिएपछि अस्ट्रेलियाले दक्षिण अफ्रिका, नामिविया,  जिम्बाबे, बोत्स्वाना, लेसेथोलगायतका अफ्रिकी देशहरुसँगको हवाई यात्रा प्रतिबन्ध लगाएको छ। 

कोभिड  नियन्त्रण गर्ने भन्दै अस्ट्रेलियाले विभिन्न देशहरुसँगको  सीमामा लगाएको प्रतिबन्ध एक महिनाअघि मात्र हटाएको  थियो। नयाँ भेरियन्ट देखिएपछि पुनः प्रतिबन्ध लगाउने बारेमा अस्ट्रेलियाले कुनै निर्णय गरेको छैन। 


प्रकाशित: Nov 01, 2021| 01:05 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।