मंगलबार, फागुन २६, २०८२

अदालतद्वारा सुकीको मुद्दामा फैसला सुनाउन स्थगित

म्यानमारको जुन्ता अदालतले नोबेल पुरस्कार विजेता म्यानमारकी प्रजातान्त्रिक नेतृ आङ सान सुकी मुद्दामा फैसला गर्न मंगलबार स्थगित गरेको छ। अपदस्थ नागरिक नेतृ धेरै मुद्दाहरूमध्ये पहिलो फैसला हो जसले उहाँलाई दशकौंसम्म जेल सजाय दिन सक्ने बताइएको छ।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

बर्मा- म्यानमारको जुन्ता अदालतले नोबेल पुरस्कार विजेता म्यानमारकी प्रजातान्त्रिक नेतृ आङ सान सुकी मुद्दामा फैसला गर्न मंगलबार स्थगित गरेको छ। अपदस्थ नागरिक नेतृ धेरै मुद्दाहरूमध्ये पहिलो फैसला हो जसले उहाँलाई दशकौंसम्म जेल सजाय  दिन सक्ने बताइएको छ। 

National life

दक्षिणपूर्वी एसियाली देशको छोटो लोकतान्त्रिक प्रयासलाई अन्त्य गर्दै गत फेबु्रअरीमा सैन्य कू भएको थियो। यसैसँगै फेब्रुअरी १ मा सुकीलाई अपदस्थ गरी हिरासतमा राखिएको थियो। 

सो समय म्यानमारमा जारी रहेको सेनाविरुद्धको प्रदर्शनको क्रममा १२०० भन्दा बढी मानिस मारिएका थिए। दश  हजारभन्दा बढी पक्राउ परेका छन्। 

अदालतमा सुकीको सेनाविरुद्ध उक्साउने मुद्दामा सुनुवाइ गर्ने क्रममा थियो – यस मुद्धा साबित भएका सुकीलाई  तीन वर्षको जेल सजाय हुनेछ । यस मुद्धाको फैसलालाई डिसेम्बर छ सम्म स्थगित गरिएको सम्बन्धित स्रोतले जानकारी दिएको छ। 

सेनाद्वारा निर्मित राजधानी नेपिडाउमा विशेष अदालतमा सुकीका वकिलहरूलाई भर्खरै मिडियासँग बोल्न प्रतिबन्ध लगाइएको छ। मंगलबार बिहान राजधानी नेपिडाउको विशेष अदालततर्फ जाने सडकमा कडा सुरक्षाको व्यवस्था गरिएको एएफपी संवाददाताले जानकारी दिएका छन्। अदालतको कोठा अदालतको फैसलाका लागि पत्रकारहरूका लागि सीमित रहनेछ, जुन्ता सरकारका प्रवक्ता जाव मिन टुनले एएफपीलाई बताउएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 01, 2021| 00:25 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।