मंगलबार, फागुन २६, २०८२

जापानमा पनि भेटियो ओमीक्रोन

अधिकारीका अनुसार ओमीक्रोनबाट सङ्क्रमित ३० वर्षीय पुरुष नामिवियाबाट जापान आएका हुन। विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा ओमीक्रोन भाइरस दक्षिण अफ्रिकामा देखिएको घोषणा गरेको थियो।
 |  सोमबार, कात्तिक १५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १५, २०७८

टोकियो- कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमीक्रोन भाइरस जापानमा पनि भेटिएको छ।

National life

जापानका सरकारी अधिकारीले आफ्नो देशभित्र ओमीक्रोनबाट पहिलो सङ्क्रमित पनि भेटिएको पुष्टि गरेका हुन। गत आइतबार जापानको तारिता विमानस्थलमा ओर्लिएका एक यात्रुमा यस्तो सङ्क्रमण देखिएको अधिकारीले जनाएका छन्। 

अधिकारीका अनुसार ओमीक्रोनबाट सङ्क्रमित ३० वर्षीय पुरुष नामिवियाबाट जापान आएका हुन। विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा ओमीक्रोन भाइरस दक्षिण अफ्रिकामा देखिएको घोषणा गरेको थियो। 

त्यही भाइरस अहिले अन्य विभिन्न देशमा पनि देखिन थालेको छ। यसअघिको कोरोनाभाइरसभन्दा घातक यस ओमीक्रोनका कारण अहिले फेरि विश्वभरी त्रास छाएको छ। 

कतिपय देशले उच्च सतर्कताका उपाय अपनाएका छन भने कतिपयले लापरवाही गरेकाले उनीरुका देशमा पनि भित्रिएको छ। जापानमा भने सतर्कता अपनाउदा अपनाउदै पनि ओमीक्रोनको सङ्क्रमण पुष्टि भएको छ। 

Laxmi sunrise bank
kumari

टोकियोले गत शुक्रबार नै अफ्रिकी ६ मुलुकबाट जापान आउनेहरुलाई कम्तीमा १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरेको थियो। जापानले नयाँ विदेशी पर्यटकलाई सीमा बन्द गरिएको जनाएको छ। यस्तो नियम अन्य देशबाट आउनेलाई पनि बढाउदै लगिने तयारी भएको थियो। 

'कोरोनाभाइरसको महामारीविरुद्ध जापान सधैँ कठोररुपमा उभिएकै हो, अहिले ओमीक्रोनविरुद्ध पनि उत्तिकै कडारुपमा उभिने छ,' प्रधानमन्त्री किशिदाले भने। 

उनले नयाँ भाइरसबाट जोगिन पनि मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, भीडभाड नगर्ने र प्रतिबन्धात्मक व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।  

जापानमा कोरोनाका कारण अहिलेसम्म १८ हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ भने ७६.५ प्रतिशतलाई कोरोनाभाइरस विरुद्धको खोप दिइसकिएको छ। 

जापानमा यसअघि पनि महामारीलाई न्युनिकरण गर्न भन्दै अधिकांश नाका बन्द गरिएको थियो भने विदेशबाट आउनेलाई परीक्षणमा कडाइ गरिएको थियो। 

अहिले पनि नयाँ भेरियन्ट ओमीक्रोन थप फैलिन नदिन र ठूलो मानवीय क्षति हुन नदिन विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले उच्च सतर्कता अपनाउन सवैलाई आह्वान गरेको छ। 

संगठनले कोरोनाभाइरसको ओमीक्रोन भेरियन्टले विश्वभरि नै सङ्क्रमणको उच्च जोखिम बढाउने चेतावनी पनि दिएको छ।

नयाँ भेरियन्ट अफ्रिकी मुलुक बाहेक बेलायत, क्यानाडा, पोर्चुगल, बेल्जियम र नेदरल्याण्डलगायत थुप्रै देशमा पनि देखिइसकेको डब्लुएचओले जनाएको छ।

नयाँ भेरियन्ट पुष्टि भएपछि अमेरिका, बेलायत, युरोपेली सङ्घलगायत दर्जनौ देशले दक्षिण अफ्रिकी देशका नागरिकलाई आफ्नो देश आउन नदिने निर्णय गरिसकेका छन्। 

अस्ट्रेलियाले पनि सीमा प्रतिबन्ध खुकुलो पार्ने लामो समयदेखिको योजना स्थगित गरेको छ भने अस्ट्रेलिया जान चाहने विदेशी विद्यार्थी र कामदारलाई डिसेम्बर १५ तारिखसम्मका लागि जान नपाइने गराइएको छ। 

अमेरिका, बेलायतलगायतका देशमा ओमीक्रोनको सङ्क्रमण न्युनिकरण गर्न थोरै भएपनि सहयोग हुने विश्वासका साथ १८ वर्षमाथिका सबैलाई कोरोनाभाइरस विरुद्धको खोपको अतिरिक्त मात्रा दिन थालिएको छ। 

अमेरिकी राष्ट्रपति जो वाइडेनले त घरभित्र बस्दा पनि मास्क लगाउन आह्वान गर्नुभएको छ। तर लकडाउन लगाउने की नलगाउने भन्ने बारेमा भने स्पष्ट पारेका छैनन्।

प्रकाशित: Nov 01, 2021| 04:45 सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।