सुर्खेत- नेकपा एकीकृत समाजवादीको कर्णाली प्रदेश संसदीय दलको सचेतकमा सांसद देवी ओली चयन भएकी छिन्। मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई सचेतकको जिम्मेवारी दिएको हो। कर्णाली प्रदेशसभामा एकीकृत समाजवादी सबैभन्दा कान्छो दल हो।
कर्णाली प्रदेशसभामा समाजवादीका तीन जना मात्र सांसदहरु छन्। दलका नेता चन्द्रबहादुर शाही भने भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भइसकेका छन्। समाजवादीले कर्णाली प्रदेश सरकारमा तीन मन्त्रालय दाबी गर्दै आएको छ।
ओली सामाजिक विकास समितिको अध्यक्ष समेत हुन्। त्यस्तै अर्का सांसद पदमबहादुर रोकाया लेखा समितिको सभापति छन्। ओली र रोकाया एमाले विभाजनअघि नै समितिको सभापति बनेका हुन्।