शनिबार, मंसिर १३, २०८२

कांग्रेस गण्डकीको सभापतिमा अर्जुन जोशीको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता अर्जुन जोशीले गण्डकी प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

काठमाडौं– नेपाली कांग्रेसका नेता अर्जुन जोशीले गण्डकी प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।

National life

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका जोशीले कास्कीमा आयोजित एक कार्यक्रममा कांग्रेस गण्डकी प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्। 

सभापति शेरबहादुर देउवा निकट जोशीले गण्डकी प्रदेशको शाख बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको दाबी गरेका छन्। ‘गुटभन्दा माथि उठेर मुद्दाका आधारमा कांग्रेसलाई अघि बढाउनुपर्छ। म केन्द्रीय सदस्य नै लड्न चाहन्थें। गण्डकी प्रदेशको सभापति लड्ने कल्पना पनि थिएन। तर सबै पक्षका साथीहरुले गण्डकी प्रदेशको सभापतिमा उठ्दा कांग्रेस प्रदेशमा बलियो हुन सक्छ भनेर सुझाव दिनुभयो र सबैसँग सल्लाह गर्दा आज यो निष्कर्षमा पुगेँ,’ उनले भने। 

जोशी पर्वत जिल्लाबाट तीन पटकसम्म प्रतिनिधिसभा तथा संविधानसभामामा निर्वाचित भएका थिए। लामो समय उनले पर्वत कांग्रेसको नेतृत्व समेत गरेका थिए। जोशीले २०५६ सालयता भएका चार वटा निर्वाचनमा टिकट पाए। चार मध्ये तीन निर्वाचनमा उनी निर्वाचित पनि भए।

२०७४ सालमा भने उनी पराजित हुन पुगेका थिए। गण्डकी प्रदेशको सभापतिमा जोशीसँगै देवराज चालिसे, यज्ञबहादुर थापा, शुक्रराज शर्मा र रघुनाथ पौडेल समेत आकांक्षी देखिएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 30, 2021| 13:30 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।