सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

जाजरकोटका चार पालिकामा माओवादी केन्द्रको कमिटी गठन

जाजरकोटका चार पालिकामा नेकपा माओवादी केन्द्रको अधिवेशन सम्पन्न भएको छ।
 |  मंगलबार, मंसिर १४, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

जाजरकोट- जाजरकोटका चार पालिकामा नेकपा माओवादी केन्द्रको अधिवेशन सम्पन्न भएको छ।

triton college

पार्टीको केन्द्रीय सर्कुलरअनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकै साथ भर्चुअल माध्यमबाट पालिका अधिवेशनको उद्घाटन गरेसँगै यहाँका चार पालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न भएको हो।

नलगाड, भेरी नगरपालिका, कुशे र बारेकोट गाउँपालिकामा अधिवेशन सम्पन्न भएको माओवादी केन्द्र जाजरकोटले जनाएको छ। नलगाड नगर कमिटी अध्यक्षमा गणेश सिंह, उपाध्यक्षमा अमर वली, बालकुमारी बस्नेत, गुमान रावत, सचिवमा प्रचण्ड वली, सहसचिवमा वीरबहादुर खड्का र कोषाध्यक्षमा तेज बहादुर परियार सर्वसम्मत भएका छन्। ६५ सदस्यीय नगर कमिटी बनाइएको छ।

बारेकोट गाउँ कमिटी अध्यक्षमा हरिबहादुर थापा चयन भएका छन्। माओवादी केन्द्रको बारेकोटमा भएको गाउँ कमिटीको अध्यक्षमा थापा चयन भएका हुन्। उपाध्यक्षमा योगेन्द्र सिंह, ओमबहादुर नेपाली, दलबहादुर सिंह, सचिवमा बसन्त शाही, सह सचिवमा प्रेम बोहरा र रमा रावत चयन भएको बारेकोट गाउँ कमिटीले जनाएको छ।

संघीयता पछिको पहिलो गाउँ अधिवेशन निकै उत्साहजनक तवरले सम्पन्न भएको बारेकोट गाउँ कमिटीका अध्यक्ष हरिबहादुर थापाले बताए। गाउँ कमिटी ६५ सदस्यीय बनाइएको छ।

भेरी नगर कमिटी अध्यक्षमा दिपक बस्नेत सर्वसम्मत निर्वाचित भएका छन्। उपाध्यक्षमा मनबहादुर शाही, ललित बस्नेत, टेकबहादुर रोकाय, सचिवमा मिना पुन, सहसचिवमा खीमबहादुर विक र कोषाध्यक्षमा भिमहादुर खत्री चयन भएका छन्।

Metro Mart
vianet

कुशे गाउँपालिकामा अध्यक्षमा हरिचन्द्र जैसी, उपाध्यक्षमा मानबहादुर विक, विकास रोकाय, निरज कुमार पुन, कोषाध्यक्षमा सरस्वती विष्ट, सचिवमा कृष्णबहादुर शाही, सहसचिवमा बविता चनारा लगायतको नेतृत्व चयन भएको नेकपा कुशे गाउँ कमिटीले जनाएको छ।

- न्युजकारखाना

प्रकाशित: Nov 30, 2021| 09:30 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।