मंगलबार, वैशाख ९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • मन्त्रालय भागबण्डा नगरी विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्री

मन्त्रालय भागबण्डा नगरी विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्री

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज मंगलबार विश्वासको मत माग्ने भएका छन्।
 |  मंगलबार, मंसिर १४, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

vianetvianet

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज मंगलबार विश्वासको मत माग्ने भएका छन्। यसका लागि दिउँसो १ बजे संसद् बैठक बोलाइएको छ।

triton college

मुख्यमन्त्री बनेको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोहीअनुसार उनले नियुक्त भएको २८ सौं दिनमा विश्वासको मत माग्न लागेका हुन्।

पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ताको नेतृत्व हस्तान्तरण गरेपछि कांग्रेस संसदीय दलका नेता शाही कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

आजको संसद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित रहने भएको छ। सबै सांसदहरु एमालेको जारी दशौं राष्ट्रिय महाधिवेशनमा भाग लिन चितवन पुगेका कारण आफूहरु बैठकमा सहभागी हुन नसक्ने एमाले संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए। एमाले अनुपस्थित भए पनि संसद् बैठक चल्ने छ। मुख्यमन्त्रीले विश्वासको मत नलिँदा संवैधानिक जटिलता आउने भएका कारण बैठक चल्ने सभामुख राजबहादुर शाहीले बताए।

सत्तारुढ गठबन्धन (नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी) ले मुख्यमन्त्रीलाई विश्वासको मत दिने छन्। प्रदेशसभामा कायम रहेका ३५ सदस्यमध्ये मुख्यमन्त्रीलाई १८ जनाको विश्वासको मत आवश्यक पर्छ। सत्तारुढ गठबन्धनसँग २३ मत (कांग्रेसको ६, माओवादी केन्द्रको १२ र समाजवादीको ३) छ।

National life insurance

मुख्यमन्त्रीले विश्वासको मत पाएपछि मात्रै मन्त्रालयको भागबन्डा टुङ्गो लगाउने भएका छन्। मन्त्रालयको भागबन्डा नमिल्दा २८ दिनसम्म पनि कर्णाली प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन। आठ सदस्यीय मन्त्रिपरिषद् रहेको कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित ३, माओवादीले ४ र सामाजवादीले ३ मन्त्रालयको दाबी कायम राखेका छन्।

प्रकाशित: Nov 30, 2021| 07:25 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।