शुक्रबार, भदौ ५, २०८३

कांग्रसले गण्डकीमा गरेको गल्ती अक्षम्य : डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गण्डकी प्रदेशको सरकार गठनमा दलित समुदायको प्रतिनिधित्वलाई लत्याइनु दुर्भाग्यपूर्ण भएको बताएका छन्।
 |  आइतबार, साउन १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १०, २०७८

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गण्डकी प्रदेशको सरकार गठनमा दलित समुदायको प्रतिनिधित्वलाई लत्याइनु दुर्भाग्यपूर्ण भएको बताएका छन्।

फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै डा. कोइरालाले कांग्रेस लोकतान्त्रिक समाजवाद र समावेशिताबाट नेपाली कांग्रेस कहिल्यै पर जान नसक्ने उल्लेख गरेका छन्। 

‘लोकतान्त्रिक समाजवाद र समावेशिताबाट नेपाली कांग्रेस कहिल्यै पर जान सक्दैन र जानु पनि हुन्‍न। तर गण्डकी प्रदेशको सरकारले पूर्णता पाउने क्रममा समावेशिता र अझ दलित समुदायको प्रतिनिधित्वलाई जसरी लत्याइयो, यो दुर्भाग्यपूर्ण हो। पार्टीले गरेको अक्षम्य भूल हो। दलित समुदायप्रतिको अपमान हो,’ डा. कोइरालाले फेसबुकमा लेखेका छन्।

उनले सामाजिक कुरितिविरुद्ध व्यवहारिक रूपमा लडेको कांग्रेसलाई गण्डकी प्रदेशको सरकार गठन प्रक्रियाले दुःखी बनाएको बताएका छन्। यो घटनाले सिंगो दलित समुदाय जसले लोकतन्त्र स्थापना र पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेले, उनीहरूको शिर निहुरिएको कोइरालाको भनाइ छ।
 
‘भोलि कुन मुखले उनीहरुको अगाडि जाने? यो हेक्का राख्नु पर्दैन? कि एकपटक सरकारमा गएपछि सधैंलाई पुग्यो? सामाजिक न्यायका कुरा केवल ईतिहासको बखान र शब्द रटान मात्रै होइन व्यवहार र लोकतान्त्रिक आचरण पनि हो,’ कोइरालाले लेखेका छन्। 

डा. कोइरालाले भोलिका दिनमा यस्ता निर्णयहरू पार्टीको निम्ति निकै महँगो पर्न सक्ने भन्दै हेक्का राख्‍न पनि आग्रह गरेका छन्। 

प्रकाशित: Jul 25, 2021| 13:27 आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...