बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गाउँमै मिलापत्र हुँदा मानव अधिकार उल्लंघनका घटना हुम्लामा न्युन

गाउँमै मिलापत्र हुँदा मानव अधिकार उल्लंघनका घटना हुम्लामा न्युन

इन्सेक जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार हुम्लामा मानव अधिकारसँग सम्बन्धित जस्तासुकै घटना भए पनि स्थानीयस्तरमै मिलापत्र गर्ने गर्दा जिल्लामा उक्त घटना न्यून देखिएको हो। इन्सेक जिल्ला प्रतिनिधिद्वारा ०७७ पुस १७ गतेदेखि ०७८ मङ्सिर १२ गतेसम्म सङ्कलन गरिएका १० वटा मानव अधिकारसँग सम्बन्धित घटना प्रस्तुत गरिएको थियो।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

हुम्ला- स्थानीयस्तरमै मिलापत्र गर्न थालिएकाले हुम्ला जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटना न्यून देखिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) हुम्ला शाखाले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाको वार्षिक पूर्वसमीक्षा कार्यक्रममा यो वर्ष जिल्लामा अतिन्यून घटना भएको जनाइएको छ। 

इन्सेक जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार हुम्लामा मानव अधिकारसँग सम्बन्धित जस्तासुकै घटना भए पनि स्थानीयस्तरमै मिलापत्र गर्ने गर्दा जिल्लामा उक्त घटना न्यून देखिएको हो। इन्सेक जिल्ला प्रतिनिधिद्वारा ०७७ पुस १७ गतेदेखि ०७८ मङ्सिर १२ गतेसम्म सङ्कलन गरिएका १० वटा मानव अधिकारसँग सम्बन्धित घटना प्रस्तुत गरिएको थियो।

जसमा सम्मानितरुपले बाँच्न पाउने अधिकारसँग सम्बन्धित तीन, स्वास्थ्य तथा शिक्षा अधिकारका एक, महिलासँग सम्बन्धित बलत्कार, बलत्कार प्रयास र यौन दुव्र्यवहारका पाँच र आर्थिक तथा समाजिक अधिकारको एक घटना प्रस्तुत गरिएको थियो।

हालसम सङ्कलन गरिएका तर पुनरावलोकन गर्न बाँकी घटना भए सम्बन्धित सरोकारवाला निकाय तथा स्थानीय तहमा गएर समेट्नुपर्ने प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए। संकलित घटनाबारे  चर्चा गर्दै उक्त घटनाप्रति सम्बन्धित निकायको पनि ध्यान जानु जरुरी भएको उनको भनाइ थियो। नेपाली कांग्रेसका जिल्ला उपसभापति वसन्त रोकायाले  दुई स्थानमा हुने एकै घटनाको प्रकृति पनि फरक हुने भएकाले दुईवटै क्षेत्रका घटनालाई सङ्कलन गरी एउटा अभिलेख तयार पार्नु सुखद पक्ष रहेको बताए।

पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष राजन रावतले हुम्ला जिल्लामा इन्सेकलाई  कुनै पनि घटना संकलन गर्न भौगोलिक विकटताले समस्या  भएको बताए।

प्रहरी नायब उपरीक्षक हेरम्बा शर्माले  कुनै पनि व्यक्ति थुनामा रहेर गाँस, बाँस र कपासबाट बञ्चित हुनु मानवअधिकार उल्लंघन  भएको चर्चा गर्दै त्यस्ताखाले घटना यहाँ नभएको दाबी गरे। 

यो वर्ष हुम्लामा खाद्यान्नको अभाव र बाढीपहिराबाट समस्या झेल्दै आएका घटनालाई पनि इन्सेकले अभिलेख गर्नु  थप सराहनीय कार्य भएको नेकपा एमाले जिल्ला कमिटी सदस्य छक्क रोकायाले बताए। 

प्रकाशित: Nov 30, 2021| 00:35 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।