मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसदीय सुनुवाइ समितिको नामको टुंगो, कुन पार्टीबाट को-को परे ?

संसदीय सुनुवाइ समितिको नामको टुंगो, कुन पार्टीबाट को-को परे ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- संसदीय सुनुवाइ समितिमा सदस्य रहने १५ जनाको नामको टुंगो लागि सकेको भएनपनि अझै समिति गठन हुन सकेको छैन। सभामुख कृष्णबहादुर महराले शुक्रबार संसदीय समिति गठन जनाएपनि प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधका कारण संसदीय समिति गठन नसकेको स्रोतले जनाएको छ।

प्रतिनिधिसभाबाट १२ र राष्ट्रिय सभाबाट तीन गरी १५ सदस्यीय समिति गठन हुने नियमावलीमा व्यवस्था छ। राष्ट्रिय सभाले शुक्रबार नै समितिमा रहने तीन सांसदको नाम पठाइसकेको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुमनराज प्याकुरेल, नन्दा चपाई तथा कांग्रेसका जितेन्द्रनारायण देवको नाम समितिमा रहने घोषणा गरेका हुन्।

त्यसैगरी प्रतिनिधिसभाबाट पनि सुनुवाइ समितिमा रहने १२ सांसदको नाम टुंगो लागिसकेको छ। संसद् सचिवालय स्रोतका अनुसार समितिमा नेकपाबाट योगेश भट्टराई, सुरेन्द्र पाण्डे, पूर्णकुमारी सुवेदी, अमृता थापा, निरु पाल, पार्वत गुरुङ, शिवकुमार मण्डलको नाम प्राप्त भएको छ। 

त्यस्तै, कांग्रेसका पुष्पा भुसाल गौतम, ज्ञानेन्द्रबहादुर कार्की र भीमसेनदास प्रधान सुनुवाइ समितिमा रहनेछन्। संघीय समाजवादी फोरमबाट राजेन्द्र श्रेष्ठ र राजपा नेपालबाट लक्ष्मणलाल कर्ण रहने स्रोतले बतायो। समितिमा नेकपाका ९, कांग्रेसका ४ तथा राजपा नेपाल र संघीय समाजवादीबाट १-१ जना सदस्य छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।