मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अपडेट- मुस्ताङ दुर्घटना: २० मजदुरको ज्यान गयो, १२ घाइतेको पोखरामा उपचार हुँदै (नामसहित)

अपडेट- मुस्ताङ दुर्घटना: २० मजदुरको ज्यान गयो, १२ घाइतेको पोखरामा उपचार हुँदै (नामसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
 पोखरा- मुस्ताङको दामोदरकुण्ड गाउँपालिका–३ स्याङबोचेमा कालीगण्डकी करिडोरअन्तर्गत बेनी–कोरला सडकखण्डमा काम गर्ने मजदुर चढेको बिरुवा कन्स्ट्रक्सनको बा.२प २२१९ नम्बरको टिपर दुर्घटना हुँदा २० जनाको ज्यान गएको छ। 

शुक्रबार दिउँसो करिब एक बजेतिर भएको दुर्घटनामा परी १२ मजदुर घाइते भएका छन्। दुर्घटनाको खबर पाउनासाथ प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए। दुर्घटनाको कारण अझै नखुलेको प्रहरीले जनाएको छ।

घाइते १२ जनालाई शुक्रबार साँझ हेलिकोप्टरमार्फत पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइएर उपचार भइरहेको छ। 

गण्डकी प्रहरी कार्यालयका अनुसार मणिपाल शिक्षण अस्पतालमा झापाका २३ वर्षीय दिपेश माझी, २३ वर्षीय नीरज पुन (दाङ), १९ वर्षीय विमल घर्ती (रोल्पा), ३९ वर्षीय कुमार पुन, ३९ वर्षीय सूर्यबहादु पुन, १६ वर्षीय सागर मगर (धादिङ), ३७ वर्षीय रिस्सा घर्ती (रोल्पा), १८ वर्षीय ईश्वर पुन, १७ वर्षीय रिसन घम, १९ वर्षीय श्याम बुढा (दाङ), १८ वर्षीय डिलक पुन (रोल्पा), ७ वर्षीय दीपक पुन (रोल्पा) छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

मृत्यु भएका सबैको सनाखत भएको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरू रोल्पा र दाङका बढी छन्। मृतक सबै मुस्ताङबाहिरका रहेकाले पोखरा ल्याएर पोस्टमार्टमपछि आफन्तलाई बुझाइने मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए।

ज्यान गुमाउनेको नाम

१. ३० वर्षीय बालकुमार घर्ती (दाङ)

२.  २८ वर्षीय सुकमान रोका (रोल्पा)

३. २३ वर्षीय चालक सुजन घलाङ (धादिङ)

४. २० वर्षीय जीवन माझी (ओखलढुंगा)

५. २२ वर्षीया विन्ती घर्ती (कैलाली)

६. १९ वर्षीय महेश रोका (रोल्पा)

७. ३९ वर्षीय कमानसिंह रोका (कपिलवस्तु)

८. २९ वर्षीया वविता घर्तीमगर (दाङ)

९. ३२ वर्षीय रामकुमार पुन (रोल्पा)

१०. ३५ वर्षीय सुबेर चौधरी (दाङ)

११. २३ वर्षीया बिनिता घर्ती (कैलाली)

१२. ४३ वर्षीया शान्ति थापा (दाङ)

१३. ३२ वर्षीय सन्तु घर्ती (रोल्पा)

१४. २४ वर्षीय कृष्ण क्षेत्री (स्याङ्जा)

१५. २५ वर्षीय कमल बुढा (दाङ)

१६. ३१ वर्षीया जितमायाँ घर्ती (रोल्पा)

१७. २० वर्षीया सिर्जना मगर

१८. २३ वर्षीया राष्ट्रे रोका

१९. ५० वर्षीय गुरुदत्त थापा (दाङ)

२०. ३३ वर्षीय जितकुमार पुन (रोल्पा)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।