शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • बागमती सभापतिका लागि इन्द्रबहादुर बानियाँले गरे उम्मेदवारी घोषणा

बागमती सभापतिका लागि इन्द्रबहादुर बानियाँले गरे उम्मेदवारी घोषणा

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

काठमाडौं- नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यही मङ्सिर १६ र १७ गते हेटौँडामा हुने प्रदेश अधिवेशनमा कांग्रेस नेता बानियाँले सभापति पदमा उम्मेदवारी घोषणा गरी तयारी अघि बढाएका हुन्।

National life

सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता बानियाँले प्रदेशका १३ वटै जिल्लामा कांग्रेसको सङ्गठन चुस्तदुरुस्त बनाउन आफ्नो उम्मेदवारी रहेको बताए। सकेसम्म सहमतिबाटै नसके निर्वाचनबाट भए पनि आफू सभापति बन्ने उनले दाबी गरे।

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता कृष्ण सिटौलालगायत शीर्ष नेतृत्वसँग सहमति जुटाउनका लागि छलफल भएको पनि उनको दाबी छ।  आन्तरिक ढङ्गले छलफललाई अघि बढाउनुका साथै प्रदेश समितिमा सबै क्षेत्र र वर्गको प्रतिनिधित्व हुने गरी खाका तयार गरिरहेको उनको भनाइ छ। 

बागमती सभापतिकै लागि भीमसेनदास प्रधानले समेत उम्मेदवारी घोषणा गरिसकेका छन्। 

विसं २०७० को संविधानसभा निर्वाचनमा संविधानसभा सदस्यमा मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित उनी विसं २०७४ मा मकवानपुर सङ्घीय क्षेत्र २ को (ख) बाट प्रत्यक्षतर्फ बागमती प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। कांग्रेसबाट निर्वाचित २२ सदस्य रहेको प्रदेशसभामा बानियाँ सर्वसम्मत नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता बनेका थिए।

Laxmi sunrise bank
kumari

विसं २०४४ देखि राजनीतिमा होमिनुभएका उनी नेपाल विद्यार्थी सङ्घ, तरुण दल, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यको अनुभव हासिल गर्दै विसं २०७३ मा कांग्रेस मकवानपुरका सभापति भएका हुन्।

विसं २०७४ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र गृह राज्यमन्त्रीको जिम्मेवारीसमेत उनले सम्हालिसकेका छन्। 

प्रकाशित: Nov 28, 2021| 22:35 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।