शुक्रबार, भदौ ५, २०८३

माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकमा ७० सदस्य उपस्थित

नेकपा एमालेको माधव नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा ७० जना केन्द्रीय सदस्य उपस्थित भएका छन्।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

काठमाडौं- नेकपा एमालेको माधव नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा ७० जना केन्द्रीय सदस्य उपस्थित भएका छन्।

बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बिहीबार सुरु भएको बैठकमा ठूलो संख्यामा केन्द्रीय कमिटी सदस्यहरु उपस्थित भएका हुन्। बैठकमा १५ जना केन्द्रीय सदस्यले नेतृत्वलाई लिखित जवाफ पठाएका छन्।

नेपाल समूहले पार्टी एकता, अध्यक्ष केपी ओली पक्षले पछिल्लो समय गरिरहेका विभिन्न निर्णय तथा सरकारमा सहभागिताबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएको हो। बिहान ११ बजेका लागि बोलाइएको बैठक ढिला गरी सुरु भएको छ। केन्द्रीय कमिटी बैठकअघि सोही पार्टी प्यालेसमा स्थायी कमिटीका सदस्यहरु छलफलमा जुटेका थिए।

ओली पक्षको केही दिनअघि बसेको स्थायी कमिटी बैठकले विधान अधिवेशन तथा पार्टीको पालिका तथा वडा अधिवेशनको मिति तय गरेको थियो। स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्न ओली पक्षले यही साउन २४ गतेलाई केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ।

नेपाल समूहले बिहीबारलाई केन्द्रीय कमिटी बैठक बोलाएपछि ओली पक्षले भने विज्ञप्ति जारी गरी एमालेको कुनै औपचारिक बैठक नबोलाएको र अरु कसैले बोलाएको बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यहरुलाई जानकारी गराएको थियो।

प्रकाशित: Aug 05, 2021| 15:23 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...