काठमाडौं- नेपाली कांग्रेस तनहुँको जिल्ला सभापतिमा जीतप्रकाश आले निर्वाचित भएका छन्।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्लामा उनकै समूहका बैकुण्ठ न्यौपानलेलाई १६४ मतले पराजित गर्दै आले विजयी भएका हुन्।
देउवा समूहका आलेले ९०९ मत पाउँदा न्यौपाने भने ७४५ मतमा सिमित भए। न्यौपानेले दोस्रो कार्यकालका लागि सभापतिमा उम्मेदवारी दिए पनि आलेले अन्तत: बाजी मारेका हुन्।