शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • एमाले महाधिवेशनका कारण स्थगित कांग्रेसको चितवन अधिवेशन बुधबारदेखि

एमाले महाधिवेशनका कारण स्थगित कांग्रेसको चितवन अधिवेशन बुधबारदेखि

नेपाली कांग्रेस चितवनको अधिवेशन बुधबारदेखि सुरु हुने भएको छ। पहिलो दिन उद्घाटन र मनोनयन हुने छ भने मङ्सिर १८ गते निर्वाचन गर्न सिफारिस गरिएको छ।
 |  सोमबार, मंसिर १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १३, २०७८

चितवन- नेपाली कांग्रेस चितवनको अधिवेशन बुधबारदेखि सुरु हुने भएको छ। पहिलो दिन उद्घाटन र मनोनयन हुने छ भने मङ्सिर १८ गते निर्वाचन गर्न सिफारिस गरिएको छ। 

National life

नेपाली कांग्रेस चितवन कार्यसमितिको आइतबार बसेको बैठकले निर्वाचन समितिलाई अधिवेशनको मिति सिफारिस गरेको जिल्ला सचिव उत्तम जोशीले जानकारी दिए। मंसिर १५ देखि १७ गतेसम्म बागमती प्रदेश समितिको निर्वाचन प्रक्रिया हुने भएकाले १८ गते मात्र पार्टीको जिल्ला कार्यसमितिको निर्वाचन गर्न लागिएको हो। 

यहि मङ्सिर ११ गते निर्वाचन गर्ने भनिएकामा नेकपा एमालेको राष्ट्रिय महाधिवेशनकाम कारण आवास र आवतजावतको  समस्या हुने भन्दै स्थगित गरिएको थियो।

जिल्लाको आइतबार  बैठकले अधिवेशन सम्पन्‍न गर्न विभिन्‍न समिति गठन गरेको छ। कांग्रेसको विधानमा जिल्ला सभापतिका लागि ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने भएकाले दोस्रो चरणमा निर्वाचन गर्नुपर्ने हुन्छ। 

यसका लागि कम्तीमा तीन दिन लाग्ने बताइएको छ। सभापति पदका ६ प्रत्यासी छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 29, 2021| 04:20 सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।