काठमाडौं- दुर्इ दिनदेखि जारी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बैठकमा बोल्ने अधिकांश नेताहरुले अध्यक्षमण्डलको संरचनालार्इ हटाउनुपर्ने माग गरेका छन्।
बिहीबारदेखि शुरु भएको राजपाको राजनीतिक समितिको बैठकमा बोल्दै अधिकांश नेताहरुले पार्टीको संगठनात्मक संरचना अध्यक्ष, सहअध्यक्ष, वरिष्ठ नेता, महासचिव,
सहसचिव, कोषाध्यक्ष र अन्य सदस्यसहित गरी १२१ जनाको केन्द्रीय समिति हुनुपर्ने प्रस्ताव राखेका छन्।
अहिले राजपाको केन्द्रीय समितिमा ८०० सदस्यको केन्द्रीय समिति रहेको छ।
बैठकले विधान संसोधन मस्यौदाका संयोजक लक्ष्मण लाल कर्णलार्इ यसलार्इ संसदीय विधान मस्यौदा जिम्मेवारी दिइएको छ। संसदीय दलको विधान पारित भएको दुर्इ दिनभित्रै संसदीय दलको नेता सहमति छनोट गर्ने त्यसो हुन नसकेमा निर्वाचनमा जाने सहमति भएको छ।
संसदीय दलको नेतामा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर र राजेन्द्र महतो आकांक्षी रहेका छन्।
पार्टीले आगामी वैशाख ७ गते महाधिवेशन गर्ने जनाइसकेको छ। अधिवेशन कार्यतालिका अर्न्तगत कार्तिकसम्म सदस्यता वितरण गरिसक्ने, त्यसपछि वार्ड, गाउँ- नगरसमिति, प्रादेशिक क्षेत्रिय संघीय निर्वाचन समिति, क्षेत्रिय समिति, जिल्ला समिति, प्रदेश समिति, केन्द्रीय समिति र राजनीतिक समिति गरी संगठनात्मक संरचना बनाउनुपर्नेमा सुझाव दिइएको छ। केही नेताहरुले बुथ समिति पनि बनाउन पर्ने सुझाव दिएका छन् ।
बैठकमा बिहीबार चार जनाले आफ्नो धारणा व्यक्त गरेका थिए भने शुक्रबार १५ जनाले आफ्नो धारणा राखेका छन्। शनिबार सकिने बैठकमा भोलि ६ जना अध्यक्ष मण्डलका सदस्यले धारणा राख्ने छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४