बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपत्यकाको सम्पदा र संस्कृति संरक्षणमा ज्यापू समुदायको योगदान महत्त्वपूर्ण : प्रधानमन्त्री

उपत्यकाको सम्पदा र संस्कृति संरक्षणमा ज्यापू समुदायको योगदान महत्त्वपूर्ण : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षण र प्रवर्धनमा आदिवासी जनजाति ज्यापू समुदायको ठूलो योगदान रहेको बताएका छन्।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षण र प्रवर्धनमा आदिवासी जनजाति ज्यापू समुदायको ठूलो योगदान रहेको बताएका छन्। १८ औं ज्यापू दिवस समारोह समितिको परम्परागत निमन्त्रणा (ग्वय्दां तयेगु) हस्तान्तरण गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका समतिका पदाधिकारीसँगको छलफलमा देउवाले सो कुरा बताएका हुन्। देउवाले विभिन्न समुदायले आफ्नो भाषा, भेष–भूषा, सम्पदा, संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिए।

पुस ४ गते वसन्तपुरमा मनाइने ज्यापू दिवसमा प्रमुख आतिथिका रुपमा निमन्त्रणा दिन समितिका पदाधिकारी बाजागाजासहित प्रधानमन्त्री निवास पुगेका थिए। सो क्रममा ज्यापू संस्कृति विकास कोषका अध्यक्ष मंगलकृष्ण सिंले माटोको भाँडोमा चामल, चाँदीको सिक्का र सिंगो सुपारी राखी प्रधानमन्त्री देउवालाई निमन्त्रणा दिएका थिए। टोलीमा ज्यापू दिवसको आयोजक ज्यापू संस्कृति विकास कोष तथा संयोजक गोफः त्वाः माकः गल्ली ज्यापू समाजका पदाधिकारी पनि थिए।  

ज्यापू संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले यःमरिपुन्हि/ज्यापू दिवसका दिन सार्वजनिक बिद दिन प्रधानमन्त्रीसमक्ष अनुरोध गरेका थिए। ज्यापू दिवसमा विगत विगत दुई वर्षदेखि सम्बन्धित जातिलाई मात्र बिदा दिइँदै आएको छ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्याकालमा सरकारबाट आर्थिक वर्ष २०५७/५८ मा ज्यापू समुदायको बाजा संरक्षणका लागि प्राप्त १२ लाख ६० हजार रुर्पैयाँ अक्षयकोषबाट ज्यापू संस्कृति विकास कोषको स्थापना भएको हो। 

प्रकाशित: Nov 28, 2021| 13:52 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।