मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • साउदीको फौरीमा आइएमई उमङ्ग, 'लक्की ड्र' मार्फत हवाई टिकट 

साउदीको फौरीमा आइएमई उमङ्ग, 'लक्की ड्र' मार्फत हवाई टिकट 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- साउदीस्थित फौरीबाट नेपाल पैसा पठाउँदा विभिन्न आकर्षक पुरस्कारहरू प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। साउदीबाट नेपाल आइएमई गर्ने सम्पूर्ण सेवाग्राहीहरू सहभागी हुन सक्ने योजना सार्वजनिक गरेको हो।

योजना ५ जुलाईबाट शुरु भइ ३० सेप्टेम्बर २०१८ सम्म कायम हुने कम्पनीको भनाइ छ। कम्पनीका अनुसार योजना अवधिभर ‘लक्की ड्र’बाट छनौट हुने विजेताहरूमध्ये हरेक दिन ५ जना भाग्यशाली सेवाग्राहीलाई एक-एक आकर्षक टिसर्ट दिइनेछ।
 
त्यस्तै हरेकहप्ता एक जना सेवाग्राहीलाई ३२ इन्चको एलईडी टेलिभिजन र १ जना विजेतालाई साउदीबाट नेपालसम्मको यात्राको लागि हवाई टिकट प्रदान गरिने कम्पनीले जनाएको छ । 

यस योजना अन्तर्गत साउदीबाट नेपालमा आइएमईमार्फत पैसा पठाउने सेवाग्राहीहरुको ट्रान्जेक्सन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छनौट गरिनेछ।  

कम्पनीले पुरस्कार ग्रहण गर्नको लागि पैसा पठाउँदा प्राप्त भएको रिसिप्ट साथमै लिएर आउनुपर्ने बताइएको छ।

आइएमईमा कार्यरत कर्मचारी, सञ्चालक र व्यावसयिक साझेदार यो योजनामा सहभागी हुन पाउने छैनन्। योजनाको सर्वाधिकार कम्पनीमा निहित हुने जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।