मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, सम्पूर्ण उडानहरु रद्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, सम्पूर्ण उडानहरु रद्द

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
तस्बिर स्रोत: एभिएसन नेपाल

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा समस्या आएपछि विमानस्थल बन्द भएको छ।

शुक्रबार विमानस्थलको धावनमार्गमा समस्या आएपछि करिब छ बजेदेखि बन्द भएको हो। विमानस्थल सञ्चालनका लागि केही समय लाग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ। 

स्रोतले भन्यो, ‘धावनमार्ग पुरानो भएकाले चर्को घाम लागेको समयमा फुटेको 'रनवे क्रयाक्' भएकोले उडानमा समस्या आएको हो।’ रनवेमा समस्या आएपछि विमानस्थल बन्द गरिएको हो। 

अहिले पनि समाधानका कार्य भइरहेको विमानस्थलका अधिकारीले नेपालसमयलाई जानकारी दिएका छन्।
 
विगत केही समयदेखि नै धावनमार्गमा यस प्रकारको समस्या देखिँदै आएकाले समस्या समधानका लागि सात जना इन्जिनियर र अन्य कार्मचारीहरु खटाइएको विमानस्थलले जानकारी गराएको छ। विमानस्थल खुल्न अझै केही समय लाग्ने विमानस्थल अधिकारीले जनाएका छन्। 

विमानस्थल बन्दभएसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।