मंगलबार, असार ३०, २०८३

काठमाडौंका होटलमा मृत कुखुरा बिक्री !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौंले मरेको कुखुरा होटलमा बेच्दै गरेको अवस्थामा गाडीसहित दुईजनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा हेटौडा महानगरपालीका ११ इचुङ्गका कुखुरा ब्यापारी अनिस दोङ  तथा हिमाल बतौला  छन। मरेको कुखरा होटल तथा रेष्टुरेन्टमा बेच्दै गरेका अवस्थामा शुक्रबार दिउँसो नयाँबजारबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
 
बा २ च १२३६ को बोलेरो गाडीमा १७० मरेको कुखुरा हेटौंडाबाट काठमाडौं ल्याई विभिन्न होटलमा बेच्दै गरेको अवस्थामा महानगरीय प्रहरी वुत्त लैनचैरले पक्राउ गरेको हो। बरामद गरिएका मरेका कुखुराको तौल ३२५ केजी रहेको बताइएको छ।

गाडी चालक चन्द्रबहादुर अधिकारी तथा सहचालक मकवानपुर इचुङ्गका अनिस दोङ्गलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका चारै जनालाई कालोबजारी ऐन अर्न्तगत मुद्दा चलाईने प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।