आइतबार, वैशाख २०, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • वृद्ध र बिरामीको हेरचाह गर्न जर्मनीमा ३५ हजार स्वास्थ्यकर्मी अभाव

वृद्ध र बिरामीको हेरचाह गर्न जर्मनीमा ३५ हजार स्वास्थ्यकर्मी अभाव

जर्मनीमा बिरामी र वृद्धवृद्धाको हेरचाह गर्न कम्तीमा ३५ हजार स्वास्थ्यकर्मीको अभाव भएको छ।
 |  आइतबार, मंसिर १२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १२, २०७८

बर्लिन- जर्मनीमा बिरामी र वृद्धवृद्धाको हेरचाह गर्न कम्तीमा ३५ हजार स्वास्थ्यकर्मीको अभाव भएको छ।

National life

जर्मनीको ‘इन्स्टिच्युट अफ इकोनोमिक्स’को क्षमता केन्द्रबाट प्राप्त तथ्याङ्कलाई उद्धृत गर्दै राष्ट्रिय दैनिक अखबार वेल्टले शनिबार स्वास्थ्यकर्मीको अभाबबारे समाचार छापेको हो। केन्द्रका अनुसन्धाता सुजान सेडाले वेल्टसँग भने, 'देशको स्वास्थ्य क्षेत्रमा जस्तो कर्मचारीहरूको उच्च कमी अन्य विशेषज्ञ सेवा प्रदायक क्षेत्रमा भने छैन।'

सन् २०११ देखि यस क्षेत्रमा रिक्त पदमा ४० प्रतिशतवृद्धि गरिएको भएपनि अझै कर्मचारीको अभाव देखिएको सरकारी अधिकारीले बताएका छन्। 

अधिकारीहरूका अनुसार अहिले कर्मचारीहरूको अभावको वास्तविक परिमाण ३५,००० भन्दा बढी हुन सक्ने बताएका छन्। केन्द्रको अनुमानले तल्लो सीमालाई मात्र प्रतिबिम्बित गरेको हुनसक्ने विश्लेषकहरूले बताएका छन्। 

 उक्त पत्रिकाले बताएअनुसार चिकित्सा स्वास्थ्यकर्मीहरूको अभाव सरकारले व्यवस्था गरेको कम तलबका कारण भएको हो। 

प्रकाशित: Nov 28, 2021| 00:00 आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।